आइतवार, असार १५, २०८२
Sancharmanch

आज गोरु, पुजा गाई पुजा, गोवर्धन पूजा एवम् म्हः पुजा कसरी गरिन्छ म्हः पुजा यमपञ्चक अन्तर्गत आज तिहारको तेस्रो दिन आज गाई, गोरु, गोवर्धन पूजा एवम् नेवारी समुदायहरुले म्ह: पुजा गर्दैछन्।

शुक्रवार, कार्तिक १९, २०७८

गाईलाई पवित्र मानेर पूजा गर्ने परम्परा वैदिक कालदेखिको विधि हो । आज नेवारी समुदायहरुले साँझ घरमा परिवारका सबै व्यक्तिहरू बसी म्ह पूजा अर्थात् आत्मपूजा गर्ने प्रचलन रहेको छ । आज यमपञ्चको तेस्रो दिन गोरु को पुजा गरिने भएकाले आजको दिनलाई गोरु तिहार वा गाउँघरमा हलि तिहार पनि भन्ने चलन रहेको छ । आज वर्षभरी हलो जोतेर अन्न उव्जनी गर्न सहयोग गर्ने गोरुलाई विशेष पूजा गरिन्छ । यसा आधुनिक युगमा प्रविधिको वाकास संगै खेती पाती गर्नका लागि विभिन्न प्रविधिहरु आए । तर यी सामग्रीहरु आउनु भन्दा सदियौँ वर्ष अघि देखि खाध्यन्न उव्जनी गर्न सहयोग गर्ने साधन गोरु मात्र हो। खेतमा कुनै पनि विउ विजन रोन एवम् वाली लगाउनु भन्दा पहिले गोरुलाई जोताएर मात्र लगाउने गरिन्थ्यो । गोरुको यही परोपकार र सहयोगलाई सम्झेर आजको दिन गोरुको पुजा गर्ने गरिन्छ। प्राचिन समयमा आफ्नो विशेष धन नै गाइवस्तुलाई मानिन्थ्यो । त्यसबेला सबैका घरमा धेरै धेरै बस्तुभाउ हुने गर्दथ्यो । ती सबै वस्तुभाउको रक्षा गर्ने गोरु वा साँढे नै हुने गर्दथ्यो । त्यसकारण पनि गोरुलाई अरु जनावर भन्दा विशेष हेरचाह गरिन्थ्यो । वर्ष भरिको एक दिन गोरुलाई मिठो मिठो घाँसहरु खान दिएर पूजा गर्नाले गोरु जोतेको पाप लाग्दैन भन्ने धार्मिक विश्वास रहेको छ । किनभने वैदिक सनातनी शासत्रहरुका अनुसार गोरु अर्थात् साँढे धर्मको प्रतिक हो । आजको दिन गाइ र गोरु दुवैको पूजा गर्ने चलन पनि रहेको छ। गाई पूजा यमपञ्चक अन्तर्गत आज गाईको पूजा गरी गाईतिहार मनाइँदै छ। कात्तिक कृष्ण प्रतिपदाका दिन गाईलाई लक्ष्मीको प्रतीक एवम् गौमाता स्वरूप आमाको रुपमा पूजा गरिन्छ । गाईका शरीरमा सबै देवदेवता निवास गर्ने शास्त्रीय कथनअनुसार गाईपूजा गर्दा गाईका शिरदेखि पाउसम्मका अंगहरुको पूजा गर्ने चलन छ । गाईलाई श्रृङ्गार गरेेर माला लगाई तेल घसेर सम्मान गरी मीठो खानेकुरा दिने गरिन्छ । कसैकसैले यस दिन गाईलाई बालीमा हुलेर चराउने गर्दछन् । रक्षाबन्धनका दिन हातमा बाँधेको डोरो यसदिन गाईको पुच्छरमा बाँधिदिनाले मृत्युपछिको कष्टमय सागर वा वैतरणी पार गर्न सजिलो हुने धार्मिक विश्वास रहेको छ । गाईको गहुँत र गोबरमा अमृत तत्वरूपी औषधेय गुण हुन्छ एवम् गाईको दूधमा आरोग्य र कुशाग्र वुद्धि विकास गराउने रस हुन्छ भन्ने तथ्य प्रमाणित भएको छ । गाई अत्यन्तै गुणी र साधु प्राणी हो । समाजमा सज्जन र ज्ञानीजनलाई गाईको उपमा दिइन्छ। "गावो विश्वष्य मातर"अर्थात् गाई यस विश्वब्रह्माण्डकी माता हुन्। गोवर्धन पुजा आज द्वापर युगमा अवतरित हुनुभएका भगवान श्रीकृष्णको स्मरण स्वरूप गोवर्द्धन पुजा पनि गरिन्छ । भगवान् श्रीकृष्णले अहंकारी इन्द्रको घमण्डलाई नाश गर्न व्रजमा गोवद्र्धन पुजाको थालनी गर्नुभएको थियो। त्यसबेला देखि हरेक वर्ष यमपञ्चक अन्तर्गत गोवर्धन भगवानको पूजा गर्ने गरिन्छ । गाइको गोवरले पहाड बनाइ त्यस पहाडमा गोवर्द्धन रुपी श्रीकृष्णको पूजा ५६ प्रकारका परिकारहरु चढाएर गर्नु पर्दछ भन्ने शास्त्रिय मान्यताहरु रहेको छ। गोवर्धन पुजा गर्दा दही, नौनी, आदि अनिवार्य रुपमा हुनुपर्दछ । श्रीमद् भागवत महापुराण, देवी भागवत, विष्णुपुराण लगायतका ग्रन्थहरुमा यस पुजाको ठूलो रहेको छ। म्हः पूजा म्हः पूजा आफूले आफैँलाई पूजा गर्ने पर्व हो। हरेक वर्ष नेपाल संवत सुरु हुने दिन नेवारी सम्प्रदायमा म्हः पूजा गरिन्छ। आफू नै सबैभन्दा ठूलो चिज हो, त्यसैले आफ्नो सम्मान गर भन्ने हेतुले म्हः पूजा गरिन्छ। म्हः पूजा आफ्नो क्षमता, परिश्रम र मेहनतको पूजा हो। आफू भएपछि मात्र संसार हुन्छ भन्ने मान्यता स्वरुप म्हः पूजा गरिन्छ । कसरी गरिन्छ म्हः पूजा म्हः पूजा गर्नका लागि सर्व प्रथम माटोले लिप्ने गरिन्छ । तत्पश्चात चामलको पिठोले मण्डल बनाइन्छ। यसलाई नेवारी भाषामा ‘मरङ्ग’ भन्ने गरिन्छ। यो अबिर र सुन्तला गरि दुई रंगको हुन्छ। यस मण्डलीलाई फूल, लाभा, फलफूलले सजाउने गरिन्छ र यसै मण्डललाई अगाडि राखेर बसी बत्ति बाल्ने अक्षता राख्ने , ओखर राख्ने गरिन्छ । अन्त्यमा यी सबै सामानलाई माना, पाथी लगायतका भडामा राखेर टाउकोबाट खन्याउने गरिन्छ। म्हः पूजा गर्ने विधि, सामान र ठाउँ अनुसार फरक फरक हुन सक्छन् । यो पूजा गर्नलाई ब्रत बस्नु पर्दैन। तयारी सुरु गर्दा देखि लियर समयलाई विजार गर्ने हो भने यो १ घण्टामा सकिन्छ। संसारमा सबैभन्दा मूल्यवान भनेको स्वयम् हो। आफूले आफूलाई चिन्न सक्नुपर्छ। त्यसपछि मात्र संसारलाई चिनिन्छ। तबमात्र राम्रो काम गर्न सकिन्छ। यस म्हः पुजाले "म ब्रम्म हुँ म पूर्ण हुँ अखण्ड ज्ञान दिप हुँ" भन्ने बेदान्तीय वचनलाई सार्थकता दिन खोजेको छ।

सम्बन्धित खबर
Online Gambling Establishment Canadian Payment Approaches: A Comprehensive Guide
शुक्रवार, असार १३, २०८२
Play Free Slot Machines and Win Big: An Overview to Online Port Machines
शुक्रवार, असार १३, २०८२
Leading Bitcoin Gambling Enterprises: A Comprehensive Overview
बिहिवार, असार १२, २०८२