मङ्गलवार, कार्तिक २५, २०८३
Sancharmanch

झापाको धुलाबारीमा राष्ट्रिय विभूती तथा नेपाल सम्बतका प्रवर्तक शङ्खधर साख्वाको शलिक निर्माण

Posted by:
मङ्गलवार, कार्तिक २५, २०८३
झापा/ झापाको धुलाबारीमा राष्ट्रिय विभूती तथा नेपाल सम्बतका प्रवर्तक शङ्खधर साख्वाको शलिक निर्माण गरिएकाे छ । मेचीनगर १० स्थीत धुलाबारी बजारको मध्य भागमा रहेको चाँदनी चोकमा साख्वाको शालिक निर्माण भएको निर्माण समितिका अध्यक्ष दिनेश शाक्यले पत्रकार सम्मेलनमा जानकारी दिए । राष्ट्रिय विभुती शङ्खधर साख्वा प्रतिष्ठानले साेमबार (आज) आयोजना गरेको पत्रकार सम्मेलनमार्फत शालिकको कार्तिक २४ गते मंगलबार एक कार्यक्रमकाबीच अनावर गरिने निर्माण समितिका सचिव मिलनराज प्रसाईले जानकारी दिए। नेपाल सम्बत ११४७ को अवसर पारेर शाख्वाको शालिक अनावरण गर्न लागिएको हाे । भक्तपुरे शैलीमा शालिक राख्ने स्थलको समेत निर्माण गरिएको छ भने एउटै ढुंगालाई कुँदेर बनाइएको शङ्खधरको शालिक राख्न करीब २० लाख रकम खर्च भएको अध्यक्ष शाक्यले बताए । शाक्यका अनुसार स्थानीय समाजसेवी, चन्दादाताबाट केही रकम संकलन गरिएको तथा मेचीनगर नगरपालिकाले ५ लाख उपलब्ध गराएको छ । त्यस्तै देशका विभिन्न स्थानमा रहेको व्यक्तिवहरुबाट समेत निर्माण सामाग्रीहरु सौजन्य भएको शाक्यले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । शालिक निर्माण स्थलमा गरिएको पत्रकार सम्मेलनमा समितिका उपाध्यक्ष शंखर बस्नेत, सहसचिव धर्मेन्द्र खड्कासहित समितिका सदस्यहरु तथा सल्लाहाकार सदस्यहरु नरेन्द्रकुमार खड्का, खेम प्रसाईलगायतको उपस्थीति रहेको थियो । देशभी ६० भन्दा बडी शालिक निर्माण गरिएकाे छ।
सम्बन्धित खबर