शनिवार, साउन १८, २०८२
Sancharmanch

नेविसंघ झापाको डिजीटल वक्तृत्वकला सम्पन्न: धुलाबारी मावि की दिव्या प्रथम

शुक्रवार, साउन १७, २०८२
नेपाल नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति झापाद्वारा आयोजित झापा जिल्ला स्तरीय अन्तर मावि डिजिटल वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। निर्णायकहरुको मुल्यांकन( ७५ प्रतिशत) र फेसबुक पोस्ट लाइक र भ्युजको (२५ प्रतिशत) मुल्यांकनबाट प्रथम ,द्वितीय र तृतीय ,५ जना सान्त्वना पुरस्कार र एक जना प्रोत्साहन पुरस्कार गरी ९ जना विद्यार्थी पुरस्कारका लागि छनोट भएका छन। प्रतियोगितामा धुलाबारी मावि ,मेचीनगर -१० की दिव्या राय प्रथम, निहारिका अङ्ग्रेजी मावि ,कमल गा.पा.-३ की जुनु दंगाल द्वितीय र एरा एभरग्रीन अङ्ग्रेजी विद्यालय,बुद्धशान्ति -३ की प्रकृति निरौला तृतीय भएका छन्। यसैगरी, पशुपति अङ्ग्रेजी मावि कनकाई -३ की प्राप्ति गौतम,विध्योदय मावि गौरादह -२की जेसिका खतिवडा, श्री सहिद दशरथचन्द मावि ,मेचीनगर -१३ की स्मृति कोइराला , ग्रीनफिल्ड वल्र्ड स्कुल,बिर्तामोड -१ की समृद्धि ओली र भानु मावि ,शिवसताक्षी - ५ की कञ्चन काफ्ले सान्त्वना पुरस्कारका छनोट भएका छन्।यस्तै गणेश मावि ,बुद्धशान्ति -४ का दुर्योधन कार्की ( दर्जी) प्रोत्साहन पुरस्कारका लागि छनौट भएका छन्। प्रतियोगिताका विजेताहरूलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिनेछ — पहिलो स्थानलाई १० हजार, दोस्रोलाई ७ हजार र तेस्रोलाई ५ हजार रुपैयाँ दिइनेछ। साथै, पाँच जना प्रतिस्पर्धीलाई सान्त्वना पुरस्कार र एकजनालाई प्रोत्साहन पुरस्कार पनि प्रदान गरिने प्रतियोगिताका फोकलपर्सन खुम खड्काले जानकारी दिनुभयो। "एक विद्यालय, एक विद्यार्थी” अवधारणामा आधारित प्रतियोगितामा ४५ भिडियो संकलन भई ३१ वटा उत्कृष्ट भिडियोहरू प्रतिस्पर्धाका लागि छनोट गरिएको थियो। प्रतियोगिताको निर्णायकमण्डलमा नेपाल शिक्षक संघ कोशी प्रदेश अध्यक्ष तेजप्रसाद चौँलागाईंको संयोजकत्वमा, झापा शिक्षक महासंघ अध्यक्ष नेत्रप्रसाद खरेल, नेपाल शिक्षक संघ झापा अध्यक्ष तोया दाहाल, डेमोक्रेटिक लयर्स एसोसिएसन झापा अध्यक्ष यज्ञप्रसाद अधिकारी, र नारी सञ्चार गृह झापाकी अध्यक्ष स्वस्तिका आचार्य सिटौला हुनुहुथ्यो। वीपी कोइरालाको ४३ औं स्मृति दिवसको अवसरमा नेपाल विद्यार्थी संघ केन्द्रिय कार्यसमितिको परिपत्र अनुसार कार्यसमिति झापाको आयोजनामा संसदमा टेबल हुँदै गरेको विद्यालय शिक्षा विधेयक विद्यार्थीमैत्री बनाउने सन्दर्भमा गत साउन ६ गते नेपाली कांग्रेस झापाका सचिव नवीन विमलीले डिजिटल उद्घाटन गरी सुरु भएको प्रतियोगिताको श्रावण १२ गते डिजीटल माध्यमबाटै निर्णय सार्वजनिक गरिएको हो। पुरस्कार विजेता विद्यार्थीहरु लाई एक हप्ता भित्रमा सम्बन्धित विद्यालय मै उपस्थिति भएर पुरस्कार तथा बधाई ज्ञापन गर्ने कार्यक्रम समेत रहेको ने बि संघ झापा सभापति सञ्जय निरौलाले जानकारी दिनुभयो।
सम्बन्धित खबर
Book of Dead Freispiele Ohne Einzahlung: An In-depth Review
बुधवार, साउन १, २०८२
Top Gambling Establishments That Accept Neteller Down Payments
सोमवार, असार २३, २०८२
Online Casino Games: Find out more about Your Favorite Casino Games
सोमवार, असार २३, २०८२