आइतवार, असार १५, २०८२
Sancharmanch

सौर्यले विराटनगरदेखि भैरहवाको सिधा उडान गर्ने बिराटनगर ।

शुक्रवार, कार्तिक १९, २०७८

नेपालमा नै पहिलो पटक सौर्य एयरलाइन्सले प्रदेश १ को राजधानी विराटनगरदेखि लुम्बिनी प्रदेशको भैरहवा र भैरहवादेखि बिराटनगरको नियमित उडान भर्ने भएको छ । अन्तर प्रदेश उडानका लागि नेपाल सरकारले अगाडि सारेको नीतिलाइ पहिलो प्राथमिकता दिदै आगामी कात्तिक २२ गतेदेखि सौर्य एयरलाइन्सले बक्बारडियर कम्पनीको सिआरजे २०० जेट जहाजमार्फत विराटनगर–भैरहवा– विराटनगर सिधा उडान प्रारम्भ गर्ने एयरलाइन्सका अध्यक्ष दिपक पोखरेलले जानकारी दिनुभयो । नेपाल नागरिक उड्यन प्राधिकरणको स्वीकृतिमा हाललाइ दैनिक एक/एक उडान सञ्चालन गर्ने र आवश्यकता र यात्रुको मागलाइ दृष्टिगत गरि उडान थप गर्न सकिने अध्यक्ष पोखरेलको भनाइ छ । एयरलाइन्सले यो रुटका लागि एकतर्फि हवाइ भाडा छ हजार रुपयाँ निर्धारण गरेको छ । सौर्य एयरलाइन्सले बिराटनगरदेखि भैरहवासम्मको सिधा उडान गरेपछि घण्टौँको यात्रा मिनेटमा गर्न सकिनेछ । भैरहवादेखि विराटनगर र विराटनगरदेखि भैरहवाको नियमित उडानले भगवान गौतम वुद्धको जन्मभूमिसमेत रहेको धार्मिक पर्यटकीय क्षेत्र लुम्बिनीको भ्रमणमा आउनेजाने तथा सो क्षेत्रबाट हवाई मार्ग भएर विराटनगर लगायत पूर्वी नेपाल तथा सिमावर्ती भारतीय क्षेत्रमा आउनजाने यात्रुहरुको यात्रा सहज एवं सरल हुने बजार व्यवस्थापक मुकेश खनालले जानकारी दिनुभयो । स्थलमार्गबाट विराटनगरदेखि भैरहवासम्मको ४९६ किलोमिटर दुरी तय गर्न करिब पन्ध्र घण्टा लाग्नेमा सौर्यको जेट जहाजबाट केवल ५३ मिनेटमै यात्रा तय गर्न सकिने समेत एयरलाइन्सले जनाएको छ । यो रुटमा उडान सञ्चालन भएपछि अन्तर प्रदेश पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ । हाल सौर्य एयरलाइन्सले तीन वटा जहाजमार्फत दैनिक विराटनगर काठमाडौ, भद्रपुर काठमाडौ ,भैरहवा काठमाडौ ,धनगढी काठमाडौ लगायतका रुटका लागि एक दर्जन उडान भर्दै आएको छ । सौर्यले चाडैँ नै नेपालगंजदेखि भद्रपुर र राजविराजदेखि काठमाडौंको उडान भर्ने योजना बनाएको बताइएको छ ।

सम्बन्धित खबर
Online Gambling Establishment Canadian Payment Approaches: A Comprehensive Guide
शुक्रवार, असार १३, २०८२
Play Free Slot Machines and Win Big: An Overview to Online Port Machines
शुक्रवार, असार १३, २०८२
Leading Bitcoin Gambling Enterprises: A Comprehensive Overview
बिहिवार, असार १२, २०८२