सोमवार, असार १६, २०८२
Sancharmanch

आज लक्ष्मी पूजा वैदिक सनातनी नेपालीहरूको महान चाड यमपञ्चकको आज तेस्रो दिन,

बिहिवार, कार्तिक १८, २०७८

आज लक्ष्मी पूजा घर घर झिलीमिली बत्ती एवम् दियोमा बत्तीहरू बालेर धुमधामका साथ मनाईंदैछ । आजको दिनलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मी पुजा आज बेलुकी ऐश्वर्य, धनधान्य तथा सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरी लक्ष्मीपूजा मनाइन्छ । आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई भब्य स्वागत गर्ने परम्परा रहेको छ ।आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, भर्‍याङलगायत ठाउँमा सरसफाइ गरी दीपावली गरिन्छ । लक्ष्मी पूजा गरिने यस कार्त्तिक कृष्ण औँसीको रातको नाम सुखरात्री हो । लक्ष्मी पूजाका लागि आज बेलुकी आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर, चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ । दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ । आज साँझ युवतीहरू समूह बनाई घरघरमा भैलो खेनेगर्छन् । भगवान् विष्णुको आज्ञा अनुसार यमपञ्चकको पाँच दिन स्वर्ग, मर्त्य र पाताल तीनै लोकमा शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गइ गाउन लगाएको परम्पराको सम्झनामा भैलो खेल्ने गरिएको हो । भलो होस् भन्ने शब्द समयक्रममा अपभ्रंश भई भैलो हुन गएको हो। आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कार्त्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ। लक्ष्मी पूजाका अवसरमा आज शहर बजारमा दीपावली गरी झिलीमिली बनाइन्छ। लोक परम्पराअनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलन समेत रहेको छ । तर शास्त्रीय रूपमा औँसीपछि, कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाई पूजा गर्नुपर्ने उल्लेख गरिएको छ।

सम्बन्धित खबर
Online Gambling Establishment Canadian Payment Approaches: A Comprehensive Guide
शुक्रवार, असार १३, २०८२
Play Free Slot Machines and Win Big: An Overview to Online Port Machines
शुक्रवार, असार १३, २०८२
Leading Bitcoin Gambling Enterprises: A Comprehensive Overview
बिहिवार, असार १२, २०८२