सोमवार, असार १६, २०८२
Sancharmanch

तिहारको मौलिकतामा अतिक्रमण तियारको रौनक गाऊ , सहर , हाट बजार तिर सुरु भईसकेको छ ।

बिहिवार, कार्तिक १८, २०७८

हिन्दुधर्माल्बीहरुले बिधिबित रुपमा तियारलाई स्वागत गर्न आतुर छन् ।तियार नेपालीहरुको दोस्रो ठुलो पर्व हो । पहाडि समुदायले तिहार तथा तराईमा दिपावलीको रुपमा मनाउने गरेका छन् ।तर यस वर्षको तिहारको उत्सबलाइ कोभिट १९ ले प्रभाव पारेको छ । तर पनि नेपालहरु सुरक्षित र सब्य भएर तिहार मनाउने कार्यमा व्यस्थ छन् । नेपालीहरुको दशै पछिको अर्को ठुलो महत्व बोकेको चाड हो तिहार । तिहार सुरु हुन केही दिनदेखि नै केटाकेटी देखि पाका उमेरका मानिसको मनमा तरङ्ग र मुहारमा हर्ष छाउने गर्दछ । पशु चौपायादेखि प्राकृतिक बस्तुको पुजा आर्धना यस तिहार पर्वमा गर्ने प्रचलनले मानिस र पशु बिचको सम्बन्धलाई जिबन्त राख्नु पर्ने कुरामा जोड दिन्छ । तिहारलाई यम पंन्चकका पाच दिन र , बत्ती , फुल, देउसी भैलौ जस्ता कुराले बढि महत्व राख्छन् ।यम पन्चकको पहिलो दिनबाट सुरु भएको तिहार भाई टिकाको दिन सम्म चलि नै रहन्छ ।सुचनाको प्रतिकको रुपमा रहेको कागलाई पुजा र खाना दिएर काग तिहार रुपमा हिन्दुहरुले तिहारलाई स्वागत गर्ने गर्दछन् । तिहारको दोस्रो दिन कुकुरलाई पुजागरि कुकुर तिहार , तेस्रो दिन लक्ष्मी पुजाको रुपमा गाईलाई पुजा आर्धना र बेलुका भैलो र चौथो दिन हल तिहारको दिन गोरुलाई पुजा गरि बेलुका देउसी र यम पन्चकको अन्तिम दिन भाई टिकाको रुपमा दाजु भाई तथा चेलीले आफ्नो माईतीलाई सप्तरङ्गी टीका लगागने परम्परा रहेको छ । यी पाच दिनको आफ्नै आफ्नो महत्व छ । पाच दिन गरिने फरक फरक बिधिलाई परिवर्तन गर्न पनि सकिँदैन । तर आधुनिनकताको नाममा अत्याधुनिकताले परपरालाई प्रत्यक्ष रुपमा नै खिल्लि उढाएको तितो सत्य हो । विशेषगरि लक्ष्मी पुजाको साझ खेलिने भैलो र हल तिहारको दिने परामरागत रुपमा खेलिने देउसीको भाका हाल रेडियो, टेलिभिजन र इन्टरनेटमा सुन्न र हेर्न मात्र सकिन्छ । देउसी भौलोको नाममा काग तिहारको दिनबाटै टोल टोल खेलिने देउसी भैलौले हाम्रो पुर्खौली देउसी भैलो पनि ब्यसायायको रुप लिदै गएको प्रत्यक्ष प्रष्ट देख्न र महशुष गर्न सकिन्छ। देउसेको नाममा काग तिहार देखि नै सामुहिक रुपमा समूह बनाएर कुनै एउटा टोलको मध्य भागमा गएर अचाकालिदो ध्यनी यन्त्र प्रयोग गरेर , बाहिरि पहिरनमा सजिएर, असलिल गितको माध्यमबाट देउसी खेल्नु त अहिलेको नयाँ नेपालको फरक संस्कृति जस्तो लाग्न थालेको छ । नयाँ देउसीमा नत आशिश हुन्छ नत सम्य शैली नै मात्र फलना नाम र फलनाले यति रकम सहयोग गर्नु भयो मात्र । १. देउसेहरुलाई भेटी प्राय तिहारकात्तिक महिनामा पर्ने भएकाले पनि देउसे लाई कात्तिक महिनामा दान गरे परिवारको सम्पुर्ण खड्गो काट्छन् भन्ने मान्यता र देउसेलाई यमराजको दुत पनि भनेर लिने गरिएको हाम्रो पौराणिक मान्यता रहेको छ । सोही अुनुरुप देउसैले परापरागत मौलिक देउसै भाका संगै जानेबेलामा आशिष दिएर जान्छन भने घरबटैबाट भेटि स्वरुप केही रकम दिने चलन छ । तर यी परमपरा त हाल पैसा कमाउने माध्यपको रुप लिई सकेको छ ।केहि उरन्ढउला केटा मिलो मदिराको तालमा हुने खानेको घर घरमा गएर गित गाएर भेटिको नाममा रकल उढाउनु त फेसन नै बनिसकेको छ । २. देउसे भाकाको ठाउमा रिकिक्स गित मुखले भटयाउनु भन्दा पनि ध्बनी यक्षमा रिकिक्स गित संङ्गितमा देउसी खेल्ने गरेको अहिले मजले देखिन्छ । साङ्गेतिक कार्यक्रमको नाममा मौलिक भाकालाई पुरै नजरअन्दाज गरेर केवल सस्तो मनोरञ्जनकालागि केही बर्ष देखि देउसी खेल्देछन् यो परिपाटी पनि हाम्रो समाजको तितो यथार्त नै बनी रहेको छ । हातमा मादक बोकेर देउसि गाउनेसंग भाका लगाएर देउसी गित गाउने प्रचलन त अबको केही वर्षमा त हराउने त हैन भन्ने कुरामा नै संका त लिनु पर्ने हैन । ३.गित पनि कस्तो आइटम पो रे तिहार रै आयो लौ झिल मिलि जस्ता गितहरु पनि अब देउसी गितहरुमा नअटाउन सक्लान । आइटम गितले बजार तताई रहदा देउसी गितहरुमा पनि आइटम गितमा नाचेर देउसे खेल्ने परम्पराले पनि केही वर्ष देखि ठाउ पाई रहेको छ । सस्तो लोक प्रयताको लागि परमरालाई वास्ता नगरी केवल पैसा मात्र कमाउने उदेश्य बोेकेर हिड्ने केही युवा जमातले तिहारलाई आइटम गित मय नबनाउलान भन्न सकिँदैन। ४. देउसीको शैलि नै परिवर्तन देउसे संस्कृति नेपालीहरुको पुर्खैली परम्परा पनि हो । लामो इतियास बोकेको हाम्रो प्राचीन देउसे अाज आधुनिताको नाममा पश्चिमि संस्कृती नाममा धमराले बिस्तारै खादै छ भन्दा गलत नहोला । त्यो मादलको तालमा मुरलीको धुन र मौखिम रुपमा भट्टयाउने देउसी आज बिस्तारै शैलि नै परिवर्तन हुँदै छ । सामुहिक रुपमा काग तिहार अगावै चोक चोकमा गएर धबनी यन्त्रको साहरमा केही गितमा नाचेर मौलिक देउसेको त्यो रस नै परिवर्तनको दिशा उन्मुख रहेको हालको वास्तविक यथार्त पनि हो । ५. प्राकृतिक फुलकोको ठाउमा वजारमा कृतिम फुलतिहारलाई विशेष रुपमा मखली र सहयपत्री फुलको चाड पनि भनेर लिने गरिन्छ । ढकम्क फुलेका फुल हरेर चेलीले माइतीलाई सम्झन छिन् । अझ हाम्रो समाजमा त मखमली र सयपत्री फुल फुलेर मात्र तिहार आएको अाभाष हुने गर्दछ । तर हाल ती प्राकृतिक फुलहरुलाई पनि बिस्ताबित गर्दे बजारमा आएका हेर्दा झकि झकाउ लाग्ने फुलहरुले बजार खाएका छन् । चारै तिर फुल फुल फुलेर तिहारलाई स्वागत गर्ने मौसममा हाल प्राकृति फुल भन्दा पनि कृतिम फुलको माग बढि छ । चेलीले माईतीलाई सप्तरङ्गी टिकासंगै लगाई दिने मखमली र सयपत्री फुलको ठाउमा पनि हाल क्रतिम फुलहरुले अोगटन थालेका छन् । ६. तिहारको नाममा बिकृती मोलाउदै हाल साना साना नानीहरुलाई तिहारमा पटका पट्काउन पाईन्छ । किशोर किशोरीहरुलाई देउसीको रुपमा धबनी यन्त्रको साहारमा देउसी भैलो खेल्न पाईन्छ भन्नेर , युवा उमेकालाइ चाड पर्वको नाममा मस्त नसामा ढुबेर देउसी मनाउन पाईन्छ भनेर बसेका हुन्छन र पाका उमेरका मानिस चै परम्परागत देउसे हरायो भन्नेर पुरपुरोमा हात लगाएर बस्न बाध्य छन् । ती तिहारको समयमा खेलिने वालन गित हराउदै जाँदै छन् । अचेल तिहारको समयमा देउसे भैलोको  भोक भन्दा पनि मधुसामा पाईने अमृतको भाग बढि छ । ७

सम्बन्धित खबर
Online Gambling Establishment Canadian Payment Approaches: A Comprehensive Guide
शुक्रवार, असार १३, २०८२
Play Free Slot Machines and Win Big: An Overview to Online Port Machines
शुक्रवार, असार १३, २०८२
Leading Bitcoin Gambling Enterprises: A Comprehensive Overview
बिहिवार, असार १२, २०८२