आइतवार, असार १५, २०८२
Sancharmanch

आज काग तिहार एवम् नर्के चतुर्दशी अर्थात् कुकुर तिहार वैदिक सनातनी नेपालीहरूको महान चाड यमपञ्चकको दोस्रो दिन,

बिहिवार, कार्तिक १८, २०७८

आज काग तिहार एवम् आज विहान ९ बजेर २२ मिनेट उपरान्त चतुर्दशी तिथि लागे पश्चात आज नर्के चतुर्दशी अर्थात् कुकुर तिहार । आज काग र कुकुरलाई विषेश तवरले पुजागरि मिष्ठान्न खानेकुरा खुवाइँदै छ । आज सबैरे घाम झुल्कनु भन्दा आगाडी नै उठी शरीरको कुनै पनि भाग खाली नराखी तेल लगाएमा शरिरमा भएका सम्पूर्ण रोग नष्ट हुने र नलाग्ने धार्मिक मान्यता रहेको छ ।आज कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा मीठा खानेकुरा खान दिइ पूजा गरेर कुकुर तिहार मनाइँदै छ भने कागलाई पनि खानेकुरा राखी फूलमाला चडाई काग तिहार मनाईंदैछ । तिहारको रौनका सुरू भईसकेका हुनाले चौक बाटा, गल्लीहरू झिलीमिली हुनथालीसकेका छन् । काग तिहार धार्मिक मान्यता अनुसार यमराजको सन्देश बाहकको रुपमा मानिएको कागलाई यमदूतकै रुपमा पूजा गरेर खानेकुरा दिई पूजा गर्ने गरिन्छ । काग अत्यन्त चतुर र चलाख एवम् सर्वभक्षी प्राणी हो। कागले सबैलाई समान दृष्टिले हेर्छ भने यसले अन्न बालीमा लाग्ने कीरा-फट्याङग्राहरू खाइदिन्छ । काग यमराजको अत्यन्त प्रिय भक्त पनि हो। पौराणिक कथन अनुसार काग तिहार कै दिन सूर्य पुत्र यमराजकी बहिनी यमुनाले सन्देश बाहक काग मार्फत यमराजलाई भाइटिका लगाउने निम्तो पठाएकी थिइन्। यमराजले आफ्नी बहिनीले पठाएको निम्तो सुन्नासाथ यमपुरी छाडेर यमुनाका घरमा गई रमाईलो गरेका हुनाले यस पाँच दिनलाई यमपञ्चक भनिएको हो। यसरी बहिनीका घरमा बसेर रमाइलो गर्दा एवम् बहिनीको हातको टिको लगाउंदा यमराज प्रसन्न भइ मनवाञ्छित वर माग भनि यमुनालाई भन्दा, 'यमुनाले हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनुपर्ने', साथै दिदी-भाइ दाजु-बहिनीको प्रेम सदा अटलएवम् निश्चल रहोस् र दाजु भाइको आयू, कीर्ति सदा वृद्धि होस्' भन्ने वरदान मागिन्। यमराजले पनि तथास्तु! भन्दै मन,वचन ,कर्म र शुद्धचित्तले भ्रातृपूजा गर्ने गराउनेहरूको सदा उन्नति होस् तथा कीर्तिवर्धन हुने वर दिई आफ्नी बहिनीसँग बिदा भई गए। यसरी प्राचीन काल देखि अहिलेसम्म निरन्तररूपमा काग तिहार मानाईदै आइएको हो। नरके चतुर्दशी (कुकुर तिहार) प्रत्येक वर्षको कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरिन्छ । आजको दिनलाई नरके चतुर्दशी पनि भनिन्छ । यस दिन कुकुरलाई विशेष प्रकारका खानेकुरा खान दिने चलन छ । आजको दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने विश्वास रहेको छ। कुकुर आज्ञाकारी, घर रक्षक एवम् गुनिलो घरपालुवा जनावर पनि हो । कुकुर इमान्दार र वफादार जनावर पनि हो । घरको रेखदेख गर्ने काम पनि कुकुरले नै गर्दछ । सत्यवादी धर्मराज युधिष्ठिरलाई स्वर्गयात्रामा समेत साथ दिने सौभाग्य पाएको कुकुरको मानव जातिसँग घनिष्ठ सम्बन्ध रहेको पुराणमा उल्लेख छ । कुकुर भगवान भैरवको बहान पनि हो।आजको दिन पाप नास गर्न तथा नरकलाई खुशी पार्न नर्के नुहाउने चलन छ । नुहाइसकेपछि दीपदान गर्ने चलन रहेको छ।

सम्बन्धित खबर
Online Gambling Establishment Canadian Payment Approaches: A Comprehensive Guide
शुक्रवार, असार १३, २०८२
Play Free Slot Machines and Win Big: An Overview to Online Port Machines
शुक्रवार, असार १३, २०८२
Leading Bitcoin Gambling Enterprises: A Comprehensive Overview
बिहिवार, असार १२, २०८२