आइतवार, असार १५, २०८२
Sancharmanch

रेलमार्ग योजनाको काम छठपछि सुरु हुने ।

मङ्गलवार, कार्तिक १६, २०७८

, डेढ महिनाभित्र डिमार्केसन झापा — पूर्व–पश्चिम विद्युतीय रेलमार्ग अन्तर्गत झापा खण्डमा डेढ महिनाभित्र रेलवेका लागि अधिग्रहण गर्ने जग्गामा डिमार्केसनको काम सम्पन्न गर्ने सहमति भएको छ । झापाको बिर्तामोडमा सरोकारवालाहरुबीचको आजको बैठकले त्यस्तो निर्णय गरेको हो । रेलवे प्रभावितहरूको मुआब्जा प्रदान गर्ने कार्यका लागि नापी, मालपोतबाट आवश्यक लागत संकलन गरी डिमार्केसन सकेर त्यस बाहिरका जग्गा फुकुवा गर्ने र मुआब्जा वितरण सुरु गरिने बताइएको छ । जग्गा रोक्का भई लामो समयदेखि काम अघि नबढ्दा प्रभावित क्षेत्रका सर्वसाधारण पीडित बनेका छन् । रेलवे प्रभावितहरूका तथा रेल योजनासँग सम्बन्धित अन्य समस्या समाधानका लागि छठ पर्वपछि झापाका प्रमुख जिल्ला अधिकारीको अगुवाइमा राजनीतिक दल, स्थानीय सरकार, रेल योजना कार्यालय, नापी, मालपोत कार्यालय, रेलवे प्रभावितहरूका प्रतिनिधिसहितको समन्वय बैठक सम्पन्न गर्ने समेत निर्णय रहेको छ । रेलवे प्रभावितहरूलाई चलनचल्ती र वैज्ञानिक मूल्याङ्कनका आधारमा मुआब्जा उपलब्ध गराइने झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले प्रतिबद्धता जनाएका छन् । रेल योजनाका काम अघि बढाउन र प्रभावितहरूलाई न्याय दिलाउने सन्दर्भमा आवश्यकता अनुसार प्रदेश र सङ्घीय सरकारसँग पहल र समन्वय गर्ने समेत बैठकको निष्कर्ष रहेको छ । झापाका प्रजिअ तिम्सिनाले डेढ वर्षदेखि सर्वसाधारणको जग्गा रोक्का राखेर विभिन्न बहानामा रेल विभागले ढिलासुस्ती गर्ने र पन्छन नमिल्ने बताए । रेल विभागको अग्रसरता योजना सम्पन्न गर्नका लागि महत्त्वपूर्ण हुने भन्दै तोकिएको जिम्मेवारी समयमा नै पूरा गर्न रेल विभागलाई प्रजिअले आग्रह गरे । जिल्ला प्रशासनको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कामहरू तत्काल नै पूरा गर्न आफू तयार रहेको प्रजिअ तिम्सिनाले प्रतिबद्धता जनाएका छन् । प्रदेश १ का लागि रेल योजना कार्यालय दमकका योजना प्रमुख प्रकाशचन्द्र भण्डारीले कोरोना महामारी, सरकार परिवर्तन, लामो समयको मनसुन र चाडपर्वले गर्दा काममा ढिलाइ भएको बताउँदै छठ लगत्तै प्राविधिक लगायतका सबै काम तीव्ररुपमा अघि बढ्ने बताए । उनले मुआब्जा तथा योजना निर्माणका लागि तत्काललाई २४ अर्ब रुपैयाँको स्रोत सुनिश्चितता गर्न अर्थ मन्त्रालयमा फायल पुगेको बताउँदै उक्त विषयमा निर्णय भएपछि मुआब्जा वितरणसँगै योजना निर्माणको काम अघि बढ्ने बताएका छन् । झापा, मोरङ, सुनसरीमै मुआब्जा वितरणका लागि प्राविधिक काम अन्तिम चरणमा पुगेको उनले बताए । रेलवे प्रभावित तथा मुआब्जा निर्धारण समन्वय समिति प्रदेश १ का अध्यक्ष डा. लक्ष्मी मैनालीले प्रभावितहरूलाई चाँडो निकासी दिन आग्रह गरे । उनले यथाशीघ्र रेल योजनाले अधिग्रहण गर्ने जग्गाको डिमार्केसन सम्पन्न गर्न, चलनचल्तीको मूल्यमा मुआब्जा दिन, बाँकी जग्गा फुकुवा गर्न आग्रह गरे । अन्यथा योजना फिर्ता लगेर रोक्का भएका सबै जग्गा फुकुवा गरिदिन समितिको तर्फबाट डा. मैनालीले माग गरे । संवाद समूह झापाको संयोजनमा भएको बैठकको सहजीकरण अधिवक्ता खगेन्द्र खरेलले गरेका थिए । पूर्व–पश्चिम विद्युतीय रेलमार्ग अन्तर्गत प्रदेश १ मा काकरभिट्टाबाट इनरुवासम्म १०६ किलोमिटर क्षेत्र पर्दछ । झापामा मात्र मुआब्जा वितरण गर्न १३ अर्ब रुपैयाँभन्दा बढी लाग्ने अनुमान गरिएको छ ।

सम्बन्धित खबर
Online Gambling Establishment Canadian Payment Approaches: A Comprehensive Guide
शुक्रवार, असार १३, २०८२
Play Free Slot Machines and Win Big: An Overview to Online Port Machines
शुक्रवार, असार १३, २०८२
Leading Bitcoin Gambling Enterprises: A Comprehensive Overview
बिहिवार, असार १२, २०८२