आइतवार, असार १५, २०८२
Sancharmanch

आज धन्तेरस अर्थात् धन्वन्त्वरी जयन्ती आज देखि सुरू।

मङ्गलवार, कार्तिक १६, २०७८

आज धन्तेरस अर्थात् धन्वन्त्वरी जयन्ती आज देखि तिहारको सुरूवात भएको छ । आज आयुर्वेदका प्रवर्तक भगवान धन्वन्त्वरी उत्पत्ति भएको दिनका रूपमा धनतेरस पर्व मनाइँदै छ । कात्तिक कृष्ण धन त्रयोदशीका दिन आज सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा पूजाआजा गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने धार्मिक मान्यता रहेको छ । यो दिन आयुर्वेदका प्रवर्तक धन्वन्तरि र धनका देवता कुबेरको जन्मोत्सव मनाउने पर्व हो । यस पर्वमा यसरी नै किनमेल गर्नुपर्छ भन्ने सन्दर्भ कहिले र कसरी आरम्भ भयो भन्ने विषयमा कुनै निश्चित प्रमाण भने छैन तर धन्वन्तरिको प्रादुर्भाव समुद्रमन्थनबाट भएको र उत्पन्न हुँदा उनले हातमा अमृतले भरिएको कलश लिएर आएका हुनाले यस दिनलाई भाँडाकुडा किनमेलका लागि शुभ मान्न थालिएको हो। जडिबुटीमा आधारित प्राचीनतम वैदिक चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरि उत्पत्ति भएको सम्झना गरी धन्वन्तरी जयन्ती मनाइन्छ । हातमा वैदिक दर्शनका चार उपवेदमध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधिको प्रतीकका रूपमा जडिबुटी लिएका भगवान धन्वन्तरि आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छन्। देव र असुर मिली नागको नेती र मन्द्राचल पर्वतको मदानी बनाई समुद्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कात्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरिको उत्पत्ति भएको चर्चा वैदिक शास्त्र भागवतमा वर्णनन् गरिएको छ । धर्मशास्त्र अनुसार भगवान धन्वन्तरी श्री विष्णुको २४ अवतार मध्येका एक अवतार हुन्।

सम्बन्धित खबर
Online Gambling Establishment Canadian Payment Approaches: A Comprehensive Guide
शुक्रवार, असार १३, २०८२
Play Free Slot Machines and Win Big: An Overview to Online Port Machines
शुक्रवार, असार १३, २०८२
Leading Bitcoin Gambling Enterprises: A Comprehensive Overview
बिहिवार, असार १२, २०८२