शनिवार, पौष २६, २०८२
Sancharmanch

हिरा डाँगी स्मृति कप खुल्ला फुटबल प्रतियोगिता ।

Posted by:
शुक्रवार, कार्तिक १२, २०७८

तुलसीपुर ११ कात्तिक । हिरा डाँगी स्मृति कप खुल्ला फुटबल प्रतियोगिता तुलसीपुरको अरनिको मैदानमा एक कार्यक्रम बिच बुधवारबाट सुरु भएको छ । कार्यक्रम हिरा डाँगी फाउण्डेशनको आयोजनामा सुरु भएको हो ।हिरा डाँगी फाउण्डेसन तुलसीपुरका अध्यक्ष प्रकाश डाँगी बमको अध्यक्षतामा भएको प्रतियोगिताको उद्धघाटन कार्यक्रममा प्रमुख अतिथी नेपाली कांग्रेस तुलसीपुर नगर कमिटीका सभापती सुरेश हमाल, बिशिष्ठ अतिथी दाङका प्रमुख जिल्ला अघिकारी रामबहादुर कुरुम्वाङ, १९ नम्बर बाइनीका कर्णेल प्रकाश थापा, त्रिवेणी गाउँपालिका सल्यानका अध्यक्ष मान बहादुर डाँगी,दाङ जिल्ला फुटवल संघका अध्यक्ष सुशिल श्रेष्ठ, राष्ट्रिय अनुसन्धान केन्द्र दाङका प्रमुख अर्जुन भण्डारी, ज्ञान ज्योति फाउण्डेशन तुलसीपुरका प्रमुख सुरेन्द्र जिशी रहेका थिए ।बुधवार भएको शुरु खेलमा युएनडिसी क्लब घोराही र युनाईटेड युथ क्लब तुलसीपुर बिच पर्तिस्पर्धा भएको छ । खेलमा युएनडिसी क्लब घोराहीले ५–० को अन्तरले जित हासिल गरेको छ । युएनडिसीका बिरुद्घ युनाईटेड युथ क्लबले गोल गर्न सकेन । खेलका म्यान अफ द म्याच युएनडिसी क्लब घोराहीका एनजस रोक्काले हात पार्न सफल भएका छन् ।आज बिहान ७ः०० बजे हुने भनिएको खेलमा एसएसएफए क्लब तुलसीपुर र मेघा क्लब घोराही बिच प्रतिस्पर्धा हुने भएको छ भने आज नै २ः०० बजे स्कसेस फुटबल क्लब तुलसीपुर र शान्तिनगर क्लब बिच प्रतिस्पर्धा हुने आयोजक समितिले जानकारी दिएको छ । प्रतियोगितामा भारतको साहारा फुटवल क्लब, नवलपरासीको फर ब्रोदर क्लब, रुकुम पश्चिमको रुकुम फुटबल क्लब र दाङका ८ टिम गरी जम्मा ११ वटा टिमले सहभागिता जनाएको खेल संयोजक मिग्मा चौधरीले जानकारी दिए ।

सम्बन्धित खबर