आइतवार, असार १५, २०८२
Sancharmanch

एमाले सँग एक्लै भिड्ने सामर्थ्य कुनै दलमा छैन : रायमाझी ।

मङ्गलवार, कार्तिक ९, २०७८

शोभाखर पन्थी अर्घाखाँची / कार्तिक ९ नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले निर्वाचनमा नेकपा एमाले सँग एक्लै भिड्न सक्ने सामर्थ्य कुनै दलमा नभएको बताउनुभएको छ । नेकपा एमाले सन्धिखर्क नगरकमिटीको पहिलो अधिवेशनलाई आज सन्धिखर्कमा सम्बोधन गर्दै उहाँले नेकपा एमाले प्रति जनताले देखाएको अपार माया ,बलियो संगठन र अनुशाशित कार्यकर्ता त्यसको प्रमाण भएको दावी गर्नुभयो । आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलाएर प्रचण्ड ,माधव समुह कांग्रेसको शरणमा गएको भन्दै उहाँले परमादेश बाट निर्मित देउवा नेतृत्वको सरकारले देश र जनताको पक्षमा कुनै काम गर्न नसक्ने जिकिर गर्नुभयो । नेता रायमाझीले वर्तमान सरकार स्वार्थ समुहको झुन्ड भएको आरोप समेत लगाउनुभयो । हालै सम्पन्न ऐतिहासिक बिधान अधिवेशनले पार्टीमा गति पैदा गरेको भन्दै वडा र पालिका तहका अधिवेशन सम्पन्न गरिसक्दा नेकपा एमालेमा देखिएको अजय शक्तिलाई रोक्न सक्ने सामर्थ्य कुनै दलमा नभएको उहाँको दाबी थियो । कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका जिल्ला अध्यक्ष चेतनारायण आचार्यले अर्घाखाँची जिल्लामा सबैदल मिलेर चुनाव लडें पनि नेकपा एमालेलाई जित्न नसक्ने भन्दै उच्च मनोबलका साथ जनता बीच जान कार्यकर्तालाई निर्देशन दिनुभयो । लुम्बिनी प्रदेशका पुर्व आन्तरिक मामिला तथा कानुन मन्त्री आचार्यले वैदेशिक शक्ति केन्द्रको ईसारामा निर्मित परमादेश वाला सरकार मुलुकको लागि बोझ भएको भन्दै मुलुकमा निर्वाचनको बिकल्प नभएको जिकिर गर्नुभयो । उहाँले आगामी निर्वाचनमा नेकपा एमाले एक्लैले स्पष्ट बहुमत ल्याउने देखेपछि प्रतिक्रियावादी दलालको मोर्चामा छट्पटी सुरुभएको दावी गर्नुभयो । नेकपा एमालेका कारण अर्घाखाँची जिल्लाले मुहार फेरेको भन्दै उहाँले निस्वार्थ भावले बिकास निर्माण र जनसेवामा जुटीरहेको बताउनुभयो । नेकपा एमाले सन्धिखर्क नगर कमिटीका अध्यक्ष श्रीकृष्ण भुसालको अध्यक्षता र सचिव शिव अधिकारीको संचालनमा सम्पन्न कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य केवी भुसाल ,एमाले सन्धिखर्क नगरकमिटीका ईन्चार्ज युवराज श्रेष्ठ ,नगर कमिटीका कार्यालय सदस्य विष्णु परियार लगायतका वक्ताहरूले मन्तव्य राख्दै अर्घाखाँचीमा नेकपा एमालेको जितलाई कसैले रोक्न नसक्ने बताउनुभयो । अधिबेशनको बन्द-शत्र अहिले चलिरहेको छ । कार्यक्रममा ठुलो संख्यामा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर
Online Gambling Establishment Canadian Payment Approaches: A Comprehensive Guide
शुक्रवार, असार १३, २०८२
Play Free Slot Machines and Win Big: An Overview to Online Port Machines
शुक्रवार, असार १३, २०८२
Leading Bitcoin Gambling Enterprises: A Comprehensive Overview
बिहिवार, असार १२, २०८२