सोमवार, असार १६, २०८२
Sancharmanch

आन्द्रमोठका छेदन चौधरीको घर कांग्रेसका नेताले बनाई दिने ।

सोमवार, कार्तिक ८, २०७८

वराहक्षेत्र - ४ आन्द्रामठमा छेदन चौधरीको घरमा उनि सहित ४ जनाको सदस्य बस्छन् । छेदन आफैमा शारिरिक रुपमा अशक्त छन् । उनी आखा देख्दैनन् र काम पनि सुन्दैनन् । छेदनको आमा पनि अशक्त छिन् , छोरि कक्षा नौ मा पढ्छिन् । छेदनको श्रीमति दैनिक ज्यालादारीमा काम गरेर जसोतसो परिवारको गुजारा गरिरहेकी छन् । आर्थिक रुपमा कम्जोर र शारिक रुपमा समेत अशक्त रहेको छेदनको घर भत्कनै लागेको छ । बासले च्यापेको जस्ताबाट पानी चुहिन्छ । माटोको घरभएकाले बर्षाको समयमा पानी घर भित्रै छिर्छ । अती गरिबिका कारण छेदनको परिवारले घर बनाउन सकेको छैन् । पटक - पटक स्थानिय सरकार वडा र नगरमा गएर कुरा राखे पनि सुनुवाई भने कतैबाट भएन्। नियमित बर्षाको समयमा जेनतेन गुजारा गरेका छेदनको परिवारलाई कात्तिक लाग्नासाथ परेको वेमौसमी बर्षाले भन्ने घरलाई क्षति गराई दिए पछि आवासकै समस्या निम्ताएको छ । गाँस र बाँस हुदैको समस्याले छेदनको परिवारलाई सताएको छ । नया घर बनाउने चाहना अनुसार केही थान पिलर समेत केही वर्ष अगाडिनै झारे पनि छेदनलाई घर बनाउन् आर्थिक समस्याले दिएन् । स्थानीय सरकारसंग हारगुहार गरे पनि बास्या नगरे पछि पानी झरीमा चुहिने छानो मुनी नै बस्ने उनिहरुको माध्यता रहेको छ । तर त्यो छेदनको परिवारको बाध्यता अबको केही दिनमै हट्ने भएको छ । छेदनको पुरानो घरलाई हटाएर त्यहि स्थानमा सानो व्यवस्थित घर नेपाली कांग्रेसका केही नेताहरुले बनाई दिने भए पछि उनको त्यो बाध्यता हट्ने भएको हो । छेदनको घर बनाईदिन नेपाली कांग्रेस वराहक्षेत्र नगर समिति , नगर समितिका सभापति रमेश कार्की, नेपाली कांग्रेसका धरानका नेता पुर्ण सुवेदी, गणेश सुब्बा , नेपाल तरुण दल सुनसरी उपसभापति रोहित राई , नेपाली कांग्रेस राई संघ सन्त राई, नगर सह- सचिव दिबानसिह राई , क्षेत्रिय प्रतिनिधि खगेन्द्र दाहालले चासो देखाएका छन् । टोलीले आइतबार छेदनको घर पुगेर सोमवार- मङलवारदेखि घर बनाउन काम सुरु गर्ने प्रतिबद्ध समेत गरेका छ । १ लाख २० हजार लागत स्टमेट गरेको घर २ कोठा र एउटा भान्सा कोठा समेत तयार हुनेछ । वडा कार्यलया पटक- पटक भन्दा पनि कुनै चासो नदेखाएको तर कांग्रेसका नेताहरुले घर बनाई दिने भए पछि छेदनको श्रीमतिले खुशि व्यक्त गरिन् । नया घर बनाउने बर्षौउको चाहना कांग्रेसका नेताहरुले पूरा गरिदिए परिवारलाई ठुलो राहत हुने उनले बताईन् ।राष्ट्रिय संजाल दक्षिण कोरिया र अस्टेलीया मार्फत खाद्यन उपलब्ध भएको थियो ।

सम्बन्धित खबर
Online Gambling Establishment Canadian Payment Approaches: A Comprehensive Guide
शुक्रवार, असार १३, २०८२
Play Free Slot Machines and Win Big: An Overview to Online Port Machines
शुक्रवार, असार १३, २०८२
Leading Bitcoin Gambling Enterprises: A Comprehensive Overview
बिहिवार, असार १२, २०८२