आइतवार, असार १५, २०८२
Sancharmanch

इटहरी आएर प्रधानमन्त्रील भने “काठमाण्डौ पुगेपछि बाढी पिडितलाई राहतको व्यवस्था मिलाउछौ”

आइतवार, कार्तिक ७, २०७८

इटहरी । प्रधानमन्त्री शेरबहादुर देउवाले इटहरी आएर बाढी पिडितको लागी राहको व्यवस्था मिलाउने बताएका छन् । मंगलबार आएको बाढीका कारण समस्यामा परेका पिडितको लागी सरकारले उचीत राहतको व्यवस्था मिलाउने बताएका हुन् । आइतबार विहान शसस्त्र प्रहरी बलको कार्यलय पकलीमा स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला सगको भेटघाटमा उनले बाढी पिडितको पक्षमा सरकार रहेको बताए । भेटघाटका क्रममा कोसी गाउँपालिकाका अध्यक्ष एयन अन्सारी, धरान उपमहानगरपालिकाका मेयर तिलक राई, दुहबी नगरपालिकाका मेयर वेद नारायण गच्छदारले ज्ञापनपत्र बुझाएका छन्। बाढी डुबानको कारण ठुलो मात्रामा धनजनको क्षती भएको भन्दै उनीहरूले प्रधानमन्त्रीको ध्यान आकर्षण गराएका हुन् । ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवा सरकारको ढुकुटीमा बजेट नभएपनि विदेशी दातुसंस्थाको सहयोगमा राहत उपलब्ध गराउने बाचा गरे। प्रधानमन्त्री देउवाको आजै पाँचथरका बाढी पहिरो पिडितसंग भेटघाट गर्ने कार्यक्रम छ ।

सम्बन्धित खबर
Online Gambling Establishment Canadian Payment Approaches: A Comprehensive Guide
शुक्रवार, असार १३, २०८२
Play Free Slot Machines and Win Big: An Overview to Online Port Machines
शुक्रवार, असार १३, २०८२
Leading Bitcoin Gambling Enterprises: A Comprehensive Overview
बिहिवार, असार १२, २०८२