आइतवार, असार १५, २०८२
Sancharmanch

देश १: प्रधानमन्त्रीको भ्रमण देखाउदै संसद बैठक स्थगित गर्न कांग्रेसको माग ।

आइतवार, कार्तिक ७, २०७८

इटहरी प्रप्रदेश १ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठक स्थगित गर्न मागगरेको छ । आइतबार (आज) मुख्यमन्त्री भीम प्रसाद आचार्यले विश्वासको मत लिनको लागी निर्धारित बैठक रोक्न कांग्रेसले माग गरेको हो पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा प्रदेश १ भ्रमणमा आएकोले प्रदेशसभा स्थगित गर्न कांग्रेसले संसद सचिवालयमा निवेदन बुझाएको छ । देउवालाई प्रमुख कारण देखाएर स्थगित गर्न लागिएको संसद बैठकका पछाडी कांग्रेस भित्रको आन्तरिक समस्या कारक रहेको बुझिएको छ । कांग्रेसका केही सांसदले फ्लोर क्रस गर्ने सूचना पाएर बैठक स्थगित गर्ने निवेदन दिएको हो । आचार्यलाई कांग्रेसका ६ साम्सदले साथ दिए उनको मुख्यमन्त्री पद जोगिने देखिन्छ । मुख्यमन्त्री आचार्यले आइतवार विश्वासको मत लिनकै लागी संसद बैठक बस्ने कार्यसूची छ। एमाले विभाजनपछि मुख्यमन्त्री आचार्य अल्पमतमा परेका छन्। उनलाई बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ। तर विभाजनपछि एमालेका ४१ जना मात्रै सांसद छन्। कांग्रेस प्रमुख सचेतक केदार कार्की प्रधानमन्त्रीको भ्रमणको असर भएको बताउँछन् । नेपाली कांग्रेस बलियो अवस्थामा हुँदा पनि मुख्यमन्त्री नपाउनु दु:खद रहेको स्मरण गराउदै उनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराइने बताए । विपक्षी गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका राजेन्द्र राई मुख्यमन्त्रीका दाबेदार छन्। उता कांग्रेसका राजीव कोइरालाले मुख्यमन्त्रीमा इच्छा व्यक्त गरेका छन् । उता नेकपा एमालेले कार्तिक १५ गतेसम्म बैठक रोक्न माग गरेको छ । आज कांग्रेसले बैठक स्थगित गर्न निवेदन दिएपछि एमालेले कार्तिक १५ पछि मात्र बैठक बस्न सकिने जनाएको हो । सभामुखलाई पत्र लेख्दै एमालेले पार्टीको महाधिवेशन र बैठकको कारण समय मिलाउन समस्या भएको बताएको हो ।

सम्बन्धित खबर
Online Gambling Establishment Canadian Payment Approaches: A Comprehensive Guide
शुक्रवार, असार १३, २०८२
Play Free Slot Machines and Win Big: An Overview to Online Port Machines
शुक्रवार, असार १३, २०८२
Leading Bitcoin Gambling Enterprises: A Comprehensive Overview
बिहिवार, असार १२, २०८२