आइतवार, असार १५, २०८२
Sancharmanch

गृहनगरबाट ओलीको गर्जन – प्रचण्ड र माधब नेपालले चुनाब जितेर देखाउन ।

आइतवार, कार्तिक ७, २०७८

झापा — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्ड र नेकपा समाजबादीका अध्यक्ष माधब नेपालले कुनैपनि हालतमा आगामी निर्वाचन नजित्ने दावी गरेका छन् । आज झापाको बिर्तामोडमा बिभिन्न पार्टी परित्याग गरि एमालेमा प्रबेश गरेका नबप्रबेशीहरुलाई स्वागत गर्न आयोजित कार्यक्रमलाई संबोधन गर्दै ओलीले भने, “प्रचण्डले चुनाब जित्दैनन्, माधब नेपाल चुनाबमा डराएर समानुपातिक तर्फ जान्छन्” । आफ्नो भाषणको अधिकांश समय माधब नेपाल र प्रचण्ड तिरै खर्चिएका ओलीले माधब नेपालको नामै उल्लेख गर्दै गद्धारहरुले बिरोधी तत्वसँग लागेर एमालेलाई दुख दिएको आरोप समेत लगाए । ओलीले थपे, “बिग्रिएका तत्व पार्टीमा थुपारेर काम छैन । माधव नेपालबाहेक अरु फर्किए हुन्छ, तर माधव नेपालजस्ता आपराधिक तत्वलाई एमालेमा स्थान दिइँदैन । यो देश बनाउनेहरुको पार्टी हो । माधव नेपालजस्ता देशी–विदेशी प्रतिक्रियावादीको सेवा गर्ने र कम्युनिष्ट सरकार ढाल्नेलाई यहाँ कुनै स्थान छैन” । बाटो बिराएर गएकाहरुलाई पार्टीमा फर्कन सुझाव दिदै ओलीले माधव नेपालको पछि लागेका दुई–चार जना अझै अलमलमा परिरहेको देख्दा आफूलाई अचम्म लागेको बताए । एमालेले जस्तो विधान महाधिवेशन र देशैभर एकैदिन वडा अधिवेशन अर्काे कुनै पनि दलले गर्न नसक्ने अध्यक्ष ओलीको जिकिर थियो । बिभिन्न पार्टी परित्याग गरि करिब ३ हजार जना एमालेमा प्रबेश गरेका छन् । सोही कार्यक्रमलाई संबोधन गर्न र नबप्रबेशीलाई स्वागत गर्न ओली झापा आएका हुन् । उनले एमालेका नवप्रवेशीलाई ढाडस दिंदै भने, ‘एमाले प्रवेश गरेकोमा तपाईहरुले कुनै दिन पनि पछुतो मान्नुपर्दैन ।’ सरकारका वरिष्ठ मन्त्रीहरुले नै ‘अर्ली इलेक्सन’को तयारीबारे मुख खोलिरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावको सम्भावित परिणामबारे पूर्वानुमान गर्नुले मुलुक अर्लि ईलेक्सनको बाटोमा अघि बढ्न लागेको संकेत समेत मिलेको छ ।

सम्बन्धित खबर
Online Gambling Establishment Canadian Payment Approaches: A Comprehensive Guide
शुक्रवार, असार १३, २०८२
Play Free Slot Machines and Win Big: An Overview to Online Port Machines
शुक्रवार, असार १३, २०८२
Leading Bitcoin Gambling Enterprises: A Comprehensive Overview
बिहिवार, असार १२, २०८२