शुक्रवार, असार २०, २०८२
Sancharmanch

भारतीय सागसब्जीले किसान मारमा

शनिवार, चैत ५, २०७८

२०७८ चैत्र ०५/ भारतबाट आयात हुने सागसव्जी सस्तो मुल्यमा पाइने भएकाले नेपालका किसानले उत्पादन गरेको सागसव्जीको बजारमा समस्या हुने गरेको छ । भारतमा व्यवसायिकरुपमा खेती गर्ने किसानलाई सरकारले अनुदान दिने हुँदा लागत मुल्य सस्तो भएकाले नेपाली किसानको सागसव्जीले बजार पाउन समस्या भएको कृषि प्राविधिक महेन्द्र बोहोराले बताउनु भयो ।

भन्सार तिरेर आएका भन्दा पनि खुल्ला सिमाबाट लुकीछिपी प्रवेश गरेका सागसब्जीले सिमावर्ती बजारमा समस्या थपेको छ । भारतमा सस्तो हुने भएकाले नेपाली व्यवसायीले समेत भारतबाट खरिद गरेर नेपाली बजारमा विक्री गर्ने हुँदा किसानको सागसव्जी विक्री गर्न समस्या हुने गरेको व्यवसायीले बताएका छन् ।झापाको कमल गाउँपालिका क्षेत्रमा पछिल्लो समय व्यवसायिक रुपमा खेती गर्ने किसानको संख्या बढ्दै गएका छन् । तर खुल्ला सीमाबाट भित्रिएका सागसव्जीका कारण किसानले उत्पादन गरेको कृषि उपार्जनले भने उचित मुल्य पाउने नसकेको कमल १ बाह्रविगे क्षेत्रका अगुवा किसान लोकबहादुर पाण्डेले बताउनु भयो ।पूर्वी नेपालको ठूला बजारमा अधिंकास भारतबाट भित्रिएका सागसव्जले बजार पाउने गरेका छन् । मेची भन्सार नाकाबाट मात्र बार्षिक ढेड करोड केजी भन्दा धेरै सागसव्जी भित्रने गरेको भन्सार कार्यालयले जानकारी दिएको छ ।

सम्बन्धित खबर
Immediate Play No Deposit Incentive Gambling Enterprises: What You Required to Know
शुक्रवार, असार २०, २०८२
Online Gambling Establishment Canadian Payment Approaches: A Comprehensive Guide
शुक्रवार, असार १३, २०८२
Play Free Slot Machines and Win Big: An Overview to Online Port Machines
शुक्रवार, असार १३, २०८२