आइतवार, असार १५, २०८२
Sancharmanch

सतासी महिला सहकारी संस्था लिमिटेडको सहजिकरणमा, सडकवारीको सेन्टजेभियर्समा एक दिवसिय ब्यवसायिक मौरीपालन तालिम सम्पन्न

सोमवार, पौष २६, २०७८

झापा, झापा जिल्लाको झापा गाउँपालिका वडा न. २ सडकवारी स्थित सेन्टजेभियर्स विद्यालयका विद्यार्थि तथा अभिभावक लक्षित एक दिवसिय ब्यवसायिक मौरी पालन तालिम सम्पन्न भएको छ ।


झापाकै शिवसताक्षी नगरपालिकामा रहेको देसकै नमुना श्री सतासी महिला मौरीपालन सहकारी सँस्थ लिमिटेडकी अध्यक्ष धनमायाँ थापा, ब्यवस्थापक देवि दाहाल र कर्मचारी हिमा भट्टराई द्वारा निशुल्क सहजिकरण गरिएको तालिममा एक सय वढि सहभागि रहनु भएको थियो । विहान दश वजेवाट सुरुभएको तालिम लगभग ५ घन्टासम्म सञ्चालन भएको सहकारी ब्यवस्थापक देवि दाहालले जानकारी दिनु भयो ।

तालिम उपलब्धिमुलक रहेको तालिममा सहभागि झापा गाउँपालिका वडा नं. २ सहकवारीका स्थानिय अभिभावक नरेश चम्लागाईले सञ्चार मञ्चसँग वताउनु भयो । तालिम लिए पछि मौरी पालनका फाइदा र केहि प्राविधिक कुरा आफुले वुझेको अभिब्यक्ति दिदै निकट भविश्य वाट ब्यवसायिक मौरी पालनमा सरिक हुने झापा गाउँपालिका वडा नं. २ सडकवारीकी स्थानिय सिता राउतले वताउनु भयो । तालिममा विषादी प्रयोग र असरका वारेमा पनि प्रशिक्षण दिएको शहकारी अध्यक्ष धनमायाँ थापाले जानकारी दिनु भयो ।

ब्यवसायिक रुपमा मौरी पालन वाट कृषकले प्राप्त गर्ने आम्दानि र सामाजिक प्रभावका वारेमा समेत प्रशिक्षण दिएको अर्की सहजकर्ता हिमा भट्टराईले जानकारी दिनु भयो । विषादीको असरले मानव जिवनसँगै मौरीलाई समेत असर पर्ने र त्यसको गम्भिर प्रभाव वातावरणमा पर्ने हुँदा मानव जातिले क्यान्सर जस्ता विभिन्न दिर्घकालिन असर भोग्नु परिरहेको कुरा तालिम वाट थाहा पाउँदा विद्यार्थीहरुले सजक रसचेत वन्ने मौका पाएको कक्षा आठमा अध्ययनरत सुभालि सुवेदी वताउनु हुन्छ । मानव जिवनमा मौरीको महत्व र यस्ले पार्ने वातावरणिय प्रभावका वारेमा तालिम वाट सिक्ने मौका मिलेको वताउँदै मौरीले पराग सेचनमा भुमिका खेल्छ भन्ने कुरा मात्र वुझेको तर फुल फुल्ने वालिमा मौरीको आगमन भयो भने उत्पादन पनि वढ्ने नौलो कुरा सिकेको कक्षा आठमै अध्ययनरत कर्कि छात्रा आविश्री चम्लागाईले सञ्चार मञ्चलाई वताउनु भयो ।


विगत १० वर्ष यता झापा जिल्लामा ब्यवसायिक मौरी पालिन हुदै आएको छ । त्यसमा पनि झापाको शिवसताक्षी नगरपालिकामा रहेको श्री सतासी महिला मौरी पालन सहकारी लिमिटेड झापा जिल्लाको मात्र हैन देसकै नमुना सहकारीमा लिन सकिन्छ । महिलाहरुको सामुहिक प्रयासमा सञ्चालन भएको सहकारीले मौरी पालन, उत्पादन, प्रसोधन र वजारीकरणसम्मको काम गर्नेे गरेको छ । विगत ५ वर्ष अघि मात्र २–३ घार वाट मौरी पालनको सुरुवात गर्नुहुने सहकारीका सदस्य महिलाहरु कम्तिमा पनि एक सय घार मैरीको मालिक वन्नु भएको छ । यो सिजन मौरी चरनका लागि तोरी, फापर लगायतको खेति गरिएको क्षेत्रमा पुर्याउने भएकाले झापा वाट चितवन, दाङ लगायतका क्षेत्रमा मौरी पुर्याइएको छ । जस्ले स्वदेसमै रोजगारी मात्र सिर्जना गरेको छैन महिलाहरुले पनि केहि गरेर देखाउन सक्ने गतिलो उदाहरण पेश गरेको छ ।

सम्बन्धित खबर
Online Gambling Establishment Canadian Payment Approaches: A Comprehensive Guide
शुक्रवार, असार १३, २०८२
Play Free Slot Machines and Win Big: An Overview to Online Port Machines
शुक्रवार, असार १३, २०८२
Leading Bitcoin Gambling Enterprises: A Comprehensive Overview
बिहिवार, असार १२, २०८२