शनिवार, मंसिर ६, २०८३
Sancharmanch

बिर्तामोड खानेपानी निर्वाचनमा उम्मेदवार घोषणा

Posted by:
शनिवार, मंसिर ६, २०८३
अध्यक्षमा पारस मैनाली र उपाध्यक्षमा शैलेन्द्र सिटौला; सचिवमा खगेन्द्र थापा र कोषाध्यक्षमा आनन्द गुरुङलाई उम्मेदवार बनाइयो बिर्तामोड । बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको आसन्न निर्वाचनका लागि नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले उम्मेदवार घोषणा गरेको छ। नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संयुक्त गठबन्धनले आज बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा कार्यक्रम आयोजना गरी उम्मेदवार सार्वजनिक गरेको हो। कांग्रेस–राप्रपा गठबन्धनका तर्फबाट अध्यक्ष पदमा पारस मैनालीलाई उम्मेदवार घोषणा गरिएको छ। त्यस्तै, उपाध्यक्षमा शैलेन्द्र सिटौला, सचिवमा खगेन्द्र थापा र कोषाध्यक्षमा आनन्द गुरुङलाई उम्मेदवार बनाइएको छ। अध्यक्षका उम्मेदवार मैनाली संस्थाको वर्तमान कार्यसमितिमा सचिव हुनुहुन्छ भने उपाध्यक्षका उम्मेदवार सिटौला हाल उपाध्यक्षकै जिम्मेवारीमा हुनुहुन्छ। सचिव पदका उम्मेदवार थापा र कोषाध्यक्ष पदका उम्मेदवार गुरुङ वर्तमान कार्यसमितिका सदस्य हुनुहुन्छ। त्यस्तै, सदस्य पदमा विकास रिजाल, विरणकुमार कोइराला, किरण सुब्बा, वर्तमान सदस्य कमला अग्रवाल र सोना श्रेष्ठलाई उम्मेदवार बनाइएको छ। गठबन्धनले वर्तमान कार्यसमितिमा रहेर संस्थाको कामकारबाहीमा अनुभव हासिल गरेका पदाधिकारी तथा सदस्यलाई निरन्तरता दिँदै नयाँ अनुहारलाई समेत समेटेको जनाएको छ। संस्थाको विगतको कार्यसम्पादनमा योगदान पुर्‍याएका मैनाली, सिटौला, गुरुङ, थापा र अग्रवालसँगै नयाँ उम्मेदवारका रूपमा रिजाल, कोइराला, सुब्बा र श्रेष्ठलाई अघि सारिएको छ। नेपाली कांग्रेस बिर्तामोड नगर सभापति कुलप्रसाद संग्रौलाको अध्यक्षतामा सम्पन्न उम्मेदवारी घोषणा कार्यक्रममा संविधानसभा सदस्य सुधीरकुमार सिवाकोटी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा राप्रपा बिर्तामोड नगर अध्यक्ष लक्ष्मीप्रसाद गौतमले स्वागत मन्तव्य राख्नुभएको थियो। प्रमुख अतिथि सिवाकोटी, कार्यक्रमका अध्यक्ष संग्रौला तथा राप्रपाका प्रवक्ता भक्ति सिटौलाले गठबन्धनका उम्मेदवारलाई शुभकामना व्यक्त गर्नुभएको थियो। कार्यक्रममा गठबन्धनका तर्फबाट अध्यक्ष पदका उम्मेदवार पारस मैनालीले संस्थाको नेतृत्वमा पुगेपछि अघि बढाउने योजना तथा प्रतिबद्धता प्रस्तुत गर्नुभएको थियो।
सम्बन्धित खबर