मङ्गलवार, मंसिर २, २०८३
Sancharmanch

मेचीमहाकाली पैदल यात्रामा झापा बुद्वशान्तिका दुर्गा खतिवडा, मेचि पुल बाट गरे सुरुवात

Posted by:
मङ्गलवार, मंसिर २, २०८३
झापा/ झापा बुद्वशान्तिका दुर्गा खतिवडाले मेचीमहाकाली पैदल यात्रा शुरू गरेका छन्। मंगलबार बिहान एक कार्यक्रमका बिच मेची पूलबाट यात्रातय गरेका हुन्। बुद्वशान्ति जेसिजकाे आयाेजनामा भएकाे यात्रा शुभाराम्भ कार्यक्रममा बुद्वशान्ति १का वडा अध्यक्ष अनिल वाग्ले, मेचीनगर लेडि जेसिजका अध्यक्ष रीता श्रेष्ठ,संचारकर्मी मुक्ति पाैडेल, बुद्वशान्ति जेसिजका अध्यक्ष कुशल अधिकारी, न्यू स्टार युथ क्लवका एकराज भुजेललगाएतले यात्रा सफलताकाे शुभकामना व्यक्त गर्नु भएकाे थियाे। यात्री खतिवडाका बुवा प्रतिमान खतिवडा दृष्टिविन छन्,। दृष्टि बिहिन बुवालाई आफ्नाे देशकाे बारेमा यात्रा सम्पन्न गरे पछि अनुभव सुनाउँने सपना बाेकेर यात्रा तय गरेकाे दुर्गाले बताए। उनले भने- आफ्नै देशकाे सीमा मेचीमहाकाली सम्मकाे प्रत्यक्ष अनुभवले थप जानकार र एउटा नेपाली नागरिकको दाहित्व पनि हाे भन्नेमहशुस गरेकाे छु। करिव मेचीमहाकाली १ हजार २८ किल्लाे मिटरकाे दुरी सफलता पुर्वक सम्पन्न गर्न प्रत्येक दिन २० देखि २५ किल्लाे मिटर यात्रा गर्ने छन् दुर्गाले । उनकाे यात्राका लागि बुद्वशान्ति जेसिव र वडा नम्बर १ ले समन्वय गरेकाे जेसिसका महासचिव बिनाेद रिजालले जानकारी दिए। यात्रा शुभाराम्भ कार्यालयमा स्थानिय संघ संस्था सुरक्षाकर्मीहरूका प्रमुख तथा प्रतिनिधिहरूकाे उपस्थिति रहेकाे थियाे ।
सम्बन्धित खबर