आइतवार, कार्तिक ३०, २०८३
Sancharmanch

किसानको धानबाली उठाउँन सुरक्षाकर्मीलाई चटाराे

Posted by:
आइतवार, कार्तिक ३०, २०८३
झापा/ झापाकाे पूर्बाेउत्तर बाहुण्डाँगी क्षेत्रमा जङ्गली हात्तीको हुलले किसानको धानबाली खाई नष्ट गर्न थाले पछि किसानलाई सहयोग पुर्‍याउने उद्देश्यले सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, मानव–हात्ती द्वन्द्व व्यवस्थापन समिति, आरआरटी टोली, स्थानीय जनप्रतिनिधि तथा स्थानीय किसानहरू धान खेतमा पुगेर धान काट्न शुरू भएकाे छ। किसानको दुःख र पीडामा साथ दिँदै धान काट्न खटिनुभएका सुरक्षाकर्मी तथा सहयोगीहरूलाई स्थानीय सरकारको तर्फबाट धानखेतमै खादा लगाएर ऊर्जा, प्रोत्साहन, धन्यावाद तथा सम्मान व्यक्त मेचीनगर ४ का वडा अध्यक्ष अर्जुनकुमार कार्कीले जानकारी दिए । भारतीय क्षेत्रबाट हात्तीको चाप बढिरहेको यस समयमा आपसी समन्वय, सतर्कता र सामूहिक प्रयासले किसानको धानबालीमा हुन सक्ने क्षति न्यूनीकरण गर्न सहयोग पुगेको छ। यो केवल धान काट्ने काम मात्र नभई मानव–हात्ती द्वन्द्व व्यवस्थापनमा सहकार्य, मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको सुन्दर उदाहरणका रूपमा लिन सकिन्छ। सुरक्षा निकायप्रति कहिलेकाहीँ विभिन्न नकारात्मक टीकाटिप्पणी र आरोप लाग्ने गरेको सुनिन्छ। तर सुरक्षा भनेको सीमा सुरक्षा, चोरी, तस्करी तथा अपराध नियन्त्रणमा मात्र सीमित छैन। समाजमा आइपर्ने विपद् र संकटमा नागरिकको दुःखमा साथ दिनु पनि सुरक्षाको महत्वपूर्ण जिम्मेवारी रहेकाे झापाका प्रमुख जिल्ला अधिकारी श्रणकुमार पाेखरेलले बताए । यस्ता नागरिक संग सम्बन्धित मानवीय अभियानमा साथ, सहयोग र समन्वय पुर्‍याउनुहुन जिल्ला प्रशासन कार्यालय झापा, सशस्त्र प्रहरी बल नेपाल नं. २ गण, जिल्ला प्रहरी कार्यालय झापा, डिभिजन वन कार्यालय झापा, स्थानीय सुरक्षा कार्यालय,मानव–हात्ती द्वन्द्व व्यवस्थापन समिति, आरआरटी टोली, स्थानीय जनप्रतिनिधि, किसान दाजुभाइ दिदीबहिनीहरूलाई जुट्न अपिल गरिएकाे छ । सामाजिक रूपान्तरण कुनै एक व्यक्ति, संस्था वा सरकारको प्रयासले मात्र सम्भव हुँदैन। यसका लागि राज्यका सबै निकाय, सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज, जनप्रतिनिधि र आम नागरिक सबै तह र तप्काको एकता, सहकार्य र सक्रिय सहभागिता आवश्यक रहने प्रजिअ पाेखरेलले बताएका छन्। हामी सबै एकजुट बनौँ, किसानको पीडामा साथ दिऔँ, मानव–हात्ती सहअस्तित्वको अभियानलाई व्यवहारमै सार्थक बनाउँन वडा अध्यक्ष कार्कीले सबै पक्षलाई आवहान गरेका छन्। लामो समय देखि यहाँका नागरिकले भनरतीय क्षेत्रबाट नेपाल आउँने हात्तीकाे समुहकाे आक्रमणले अन्नबाली, भाैतिक संरचना संगै ८० भन्दा बढी नागरिकले ज्यान गुमाएका छन।
सम्बन्धित खबर