आइतवार, असार १५, २०८२
Sancharmanch

दमकमा अति बिपन्न सुत्केरी महिलाका लागि पोषण कार्यक्रम कार्यान्वयनमा ।

सोमवार, पौष ५, २०७८

झापा — झापाको दमक नगरपालिकाले अतिबिपन्न सुत्केरी महिलाका लागि पोषण कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । विपन्न समुदायका महिलाहरुलाई लक्षित गरेर ल्याएको कार्यक्रम अनुसार सुत्केरी महिलाहरुलाई तोकिए अनुसारको पोषणयुक्त खानेकुरा उपलब्ध गराउने नीति लिइएको नगरपालिकाले जनाएको छ । ब्यक्तिगत घटना दर्ता समयमा होस् भनेर त्यसका लागि प्रेरीत गर्न पनि यो कार्यक्रम प्रभावकारी बन्ने अपेक्षा लिइएको दमक नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेश तिम्सिनाले बताए । गर्भवती महिलाले बच्चा जन्मिएको बढीमा २ महिनाभित्रमा जन्मदर्ता गरेको प्रमाणसहित आफ्नो वार्ड कार्यालयमा निवेदन दिएपछि यो सुविधा पाउनेपनि उनको भनाइ छ । नगरपालिकाको चालू आर्थिक बर्षमा स्वीकृत बजेट अनुसार दमक नगरपालिका क्षेत्र भित्र स्थायी बसोवास गर्ने बिपन्न तथा असहाय सुत्केरी महिलाहरुलाई पोषिलो खानेकुरा उपलब्ध गराउने निर्णय भएको दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले बताइन् । यो निर्णय यही मंसीर महिनादेखि नै कार्यान्वयन शुरु गरिएको समेत उपप्रमुख अधिकारीले जानकारी दिईन । नगरक िउपप्रमुख तथा प्रवक्ता समेत रहेकी अधिकारीका अनुसार यसमा कोटा प्रणाली वा संख्या नतोकिएको र मापदण्डभित्र पर्ने सबैले पाउने ब्यवस्था गरिएको छ । अहिले पनि कतिपय समुदाय तथा बस्तीहरुमा सुत्केरी महिलाहरुले बिहानबेलुका जाउलो समेत खान नसक्ने अवस्था रहेको पाइएकाले नगरसभा मार्फत नै यो कार्यक्रम ल्याइएको उनले बताइन् । मन्सुली चामल २५ केजी, मिक्स गेडागुडी, नौनी घ्यू, कुखुराको अण्डा, सुत्केरी मसला, मौरीको मह सुत्केरी महिलाले पाउने छन् । वार्ड कार्यालयबाट सिफारिस, पारिवारिक लगत कार्ड र शिशुको जन्मदर्ताको प्रमाणपत्रको आधारमा सुत्केरी महिलाहरुले यो सामग्री पाउने समेत नगरपालिकाले जनाएको छ ।

सम्बन्धित खबर
Online Gambling Establishment Canadian Payment Approaches: A Comprehensive Guide
शुक्रवार, असार १३, २०८२
Play Free Slot Machines and Win Big: An Overview to Online Port Machines
शुक्रवार, असार १३, २०८२
Leading Bitcoin Gambling Enterprises: A Comprehensive Overview
बिहिवार, असार १२, २०८२