बिर्तामोड (झापा)/ नेपाली क्लदिङ ब्रान्ड 'चिनो' (CHINNO) ले दशैँलाईलक्षित गरी बिर्तामोडमा चार दिने 'वेयरहाउस सेल' गर्ने भएको छ। सो को सम्पूर्ण तयारी पूरा भएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

बिर्तामोड सिटीसेन्टरस्थित साई पार्टी प्यालेसमा असोज १७ देखि २० गतेसम्म सेल सञ्चालन हुनेछ।

सेलमा क्याजुअल वेयर, स्ट्रिटवेयर, टिसर्ट, सर्ट, पाइन्ट र ज्याकेटलगायतकापहिरन छुट मूल्यमा बिक्री गरिने कम्पनीले जनाएको छ। कम्पनीलेफ्याक्ट्रीबाट सिधै ग्राहकलाई बेच्ने भएकाले सेलमा कपडा एकदमै सुलभमूल्यमा पाइने बताएको छ। सेल अवधिमा थोक तथा खुद्रा दुवै बिक्री गरिनेकम्पनीले जनाएको छ।

कार्यक्रममा विभिन्न मोडलहरुले चिनो ब्राण्डका पहिरन पहिरिएर र्याम्प वाक समेत गरेका थिए । सेल अवधिभर २ सय ९९ देखि १४ सय ९९ रुपैयाँका कपडा ग्राहकले खरीदगर्न सक्नेछन् । आफ्नै फ्याक्ट्रीबाट उत्पादन गरिने भएकाले सेलमा ग्राहकलाई विशेष छुट राखेर मूल्य तोकिएको कम्पनीले जनाएको छ ।
चिनोले यसअघि सुनसरीको इटहरीमा पनि यस्तै सेल गरेको थियो। त्यहाँ४० हजारभन्दा बढी ग्राहक सहभागी भएको कम्पनीको दाबी छ। इटहरीमा पाएको प्रतिक्रिया र ग्राहकको मागका आधारमा बिर्तामोडमा सेल ल्याइएको कम्पनीले बताएको छ।

कम्पनीका निर्देशक राजेन्द्र डुम्रेका अनुसार सेल दशैँअघि नैलागेकाले इटहरीको तुलनामा यसपटक बढी अवलोकनकर्ता र ग्राहककोउपस्थिति हुने अपेक्षा गरिएको छ। "दशैँअघि नै सेल लागेकाले इटहरीभन्दाबढी ग्राहक आउने अपेक्षा गरेका छौँ," उनले भने। विशेष गरी युवा पुस्ताले रूचाएको ब्राण्ड भएकाले चिनोको बिर्तामोड सेल सफल हुने दाबी उनको छ । “नेपालीका लागि नेपाली ब्राण्ड, अहिले यही कुरा हाम्रो मुलमन्त्र भएको छ”, डुम्रे भन्छन् ।
चिनोका संस्थापक नवराज बजगाईंले नेपालको उत्पादनलाई विश्वस्तरीय बनाउनका लागि आफूहरुको पहल जारी रहेको बताए । कुनैसमय गार्मेन्ट क्षेत्रमा आफ्नो पहिचान बनाएको नेपाली समुदायलाई चिनो मार्फत् पुनः त्यही स्तरमा पुर्याउने अभियानमा लागि परेको बजगाईंले बताए । साथै, हाललाई महिलाको कपडामा केन्द्रित बजारमा छिट्टै पुरूषको कपडाको उत्पादन गर्ने योजना पनि उनले सुनाए ।
चिनोले ७ सय जनालाई रोजगारी प्रदान गर्दै आएको छ, जसमा ८० प्रतिशत हाराहारी महिलाको संख्या छ । युवा पुस्तामा लोकप्रिय बन्दै गएको ब्रान्डले डिजाइन र कपडाको गुणस्तरमाजोड दिँदै आएको जनाएको छ। दशैँको खरिद गर्न चाहने ग्राहक तथाफेसनप्रेमीलाई सेलमा उपस्थित हुन कम्पनीले आग्रह गरेको छ।