सोमवार, असोज ५, २०८३
Sancharmanch

कुल प्रसाद संग्रौला : लामो राजनीतिक अनुभव, संगठनात्मक क्षमता र सामाजिक सेवाको निरन्तर यात्रा, बिर्तामोड नगर सभापतिको बलियो दावेदार ।

Posted by:
सोमवार, असोज ५, २०८३
झापा/ झापाको बिर्तामोड नगरपालिकामा नेपाली कांग्रेसको संगठन निर्माण, सामाजिक सेवा तथा स्थानीय विकासका विविध क्षेत्रमा सक्रिय रहँदै आउनुभएका कुल प्रसाद संग्रौला लामो राजनीतिक अनुभव र संगठनात्मक नेतृत्वका कारण परिचित व्यक्तित्व हुनुहुन्छ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत बिर्तामोड नगर कार्यसमितिको सभापति पदका उम्मेदवार रहनुभएका संग्रौलाले विभिन्न जिम्मेवारीमा रहेर काम गरेको अनुभव बटुल्नुभएको छ । वि.सं. २०३६ सालको जनमत संग्रहदेखि नै नेपाली कांग्रेसको राजनीतिक यात्रामा सक्रिय रहँदै उहाँले देशमा भएका विभिन्न लोकतान्त्रिक आन्दोलन तथा परिवर्तनका अभियानहरूमा सहभागिता जनाउँदै योगदान पुर्याउनुभएको छ । लामो समयसम्म पार्टीको विचार, संगठन र लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्ध रहँदै उहाँले निरन्तर राजनीतिक सक्रियता देखाउनुभएको छ । व्यापार तथा उद्योग क्षेत्रसँग समेत नजिकबाट जोडिनुभएका संग्रौला पाँचथर जिल्ला उद्योग वाणिज्य संघका संस्थापक अध्यक्षको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरीसक्नुभएको छ । उहाँले करिब एक दशकसम्म उक्त संस्थाको नेतृत्व गर्दै व्यवसायिक समुदायको हित, स्थानीय आर्थिक गतिविधिको प्रवद्र्धन तथा संस्थागत विकासमा भूमिका निर्वाह गर्नुभएको बताइन्छ । त्यसैगरी, नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यका रूपमा तत्कालीन मेची अञ्चलको प्रतिनिधित्व गर्दै क्षेत्रीय आवाजलाई राष्ट्रिय तहसम्म पुर्याउने अवसर समेत प्राप्त गर्नुभएको थियो । नेपाली कांग्रेसको संगठनात्मक संरचनामा पनि उहाँले विभिन्न तहको जिम्मेवारी सम्हाल्दै अनुभव हाँशिल गर्नुभएको छ । २०४६ सालपछिका महाधिवेशनहरूमा क्षेत्रीय प्रतिनिधिदेखि महाधिवेशन प्रतिनिधिसम्मको भूमिका निर्वाह गर्दै पार्टीको आन्तरिक लोकतन्त्र, संगठन विस्तार र कार्यकर्ता समन्वयमा सक्रिय रहनुभएको छ । स्थानीय तहको नेतृत्वमा पनि संग्रौलाको अनुभव रहेको छ । वि.सं. २०७४ सालको स्थानीय निर्वाचनमा बिर्तामोड नगरपालिका वडा नम्बर ४ को वडा अध्यक्ष पदमा निर्वाचित भएपछि उहाँले एक कार्यकाल स्थानीय सरकारमार्फत जनप्रतिनिधिका रूपमा काम गर्नुभएको थियो । सो अवधिमा स्थानीय पूर्वाधार, जनसेवा र सामुदायिक गतिविधिमा उहाँको संलग्नता प्रभावकारी रहेको उल्लेख गरिन्छ । राजनीति र सार्वजनिक जीवनसँगै सामाजिक क्षेत्रमा पनि उहाँको सक्रियता देखिन्छ । विराट भरत विश्रान्ति जस्ता सामाजिक संस्थाको संस्थापक सदस्य तथा उपाध्यक्षको जिम्मेवारी निर्वाह गर्दै उहाँले सामाजिक सेवाका क्षेत्रमा योगदान पुर्याउनुभएको छ । त्यस्तै, ज्येष्ठ नागरिक नगर संघको अध्यक्ष तथा जिल्ला संघको कोषाध्यक्षका रूपमा रहेर उहाँले राम्रो अनुभव हाँसिल गर्नुभएकोछ । हाल नेपाली कांग्रेस बिर्तामोडको नगर संयोजकको जिम्मेवारीमा रहनुभएका संग्रौला पार्टी संगठन, राजनीतिक अनुभव, सामाजिक योगदान र स्थानीय तहको नेतृत्व अनुभवका आधारमा चर्चामा रहनुभएको व्यक्तित्व हुनुहुन्छ । उहाँको लामो सार्वजनिक यात्रा, संगठन निर्माणमा संलग्नता तथा विभिन्न क्षेत्रको अनुभवलाई आधार मानेर समर्थकहरूले उहाँलाई सक्षम नेतृत्वका रूपमा प्रस्तुत गर्ने तयारी गरिरहदा उहाँ विर्तामोड नगर सभापती पदका लागि बलियो उम्मेदवार रहनुभएको छ ।
सम्बन्धित खबर