झापा / नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत झापाको बुद्धशान्ति गाउँपालिका–३ मा वडा कार्यसमिति सर्वसम्मत चयन भएको छ।
कांग्रेस केन्द्रीय निर्वाचन–२०८३ ले सार्वजनिक गरेको निर्वाचन परिणामअनुसार चन्द्रप्रसाद अधिकारीको सभापतित्वमा १२ सदस्यीय वडा कार्यसमिति चयन भएको हो।
वडा समितिको उपसभापतिमा अभिषेक ढकाल र महिला उपसभापतिमा संगिता नेम्बाङ चयन भएका छन्। सचिवमा तिलचन अधिकारी तथा सहसचिवमा तारादेवी अधिकारी पौडेल चयन भएका छन्।
सदस्यमा विष्णुप्रसाद ढकाल, शान्ति लिम्बु, छविलाल पौडेल, शिवलाल न्यौपाने, तुलसीराम पोखरेल, महमद अलि र टेकबहादुर थापामगर चयन भएका छन्। कोषाध्यक्ष भने नवनिर्वाचित वडा कार्यसमितिले मनोनयन गर्ने व्यवस्था गरिएको छ।
यसैगरी वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिसमेत सर्वसम्मत चयन भएका छन्। महिला तर्फ बालकुमारी सुवेदी, शारदा न्यौपाने (भट्टराई), सरस्वती चौधरी, लिला कुमारी दर्जी (परियार) र हिरा घिमिरे (सुवेदी) चयन भएका छन्।
खुला तर्फ चन्द्रप्रसाद उप्रेती, मनोरथ लुइटेल, पुष्पप्रसाद रिजाल, चन्द्रकुमार कटुवाल, सुवास न्यौपाने, खगेन्द्र मैनाली, लक्ष्मीप्रसाद उप्रेती र सागरबाबु उप्रेती चयन भएका छन्।
खस आर्यतर्फ मेघराज खतिवडा, दिप्तराज ढकाल, गंगाप्रसाद न्यौपाने र पदमप्रसाद पोखरेल चयन भएका छन्। आदिवासी जनजातितर्फ बसन्त लिम्बु, दिपक सुव्वा र ठेगु सावाँ लिम्बु चयन भएका छन्।
दलिततर्फ तेजमान रणपहेली, विषय विज्ञतर्फ कृष्णराज भण्डारी तथा प्रजातन्त्र सेनानी, शहीद परिवार तथा द्वन्द्व प्रभाविततर्फ रुद्रप्रसाद चापागाईं र अनुपमा आचार्य चयन भएका छन्।
अल्पसंख्यकतर्फ दुर्जोधन सिंह राजपुत र अपाङ्गतातर्फ नविन चापागाईं क्षेत्रीय प्रतिनिधि चयन भएका छन्।
३५ वर्षमुनिका युवा महिला तर्फ सुनिता आचार्य (वाँस्तोला) तथा युवा खुलातर्फ गोकुल पौडेल, सुजन लावती, र विनोद रिजाल चयन भएका छन्।
बुद्धशान्ति–३ को वडा अधिवेशनमा सहमति जुटेपछि निर्वाचन निर्देशिका–२०८३ बमोजिम वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि चयन गरिएको निर्वाचन अधिकृत केशवराज भण्डारीले जनाएका छन्।









