शुक्रवार, असोज २, २०८३
Sancharmanch

बुद्धशान्तिमा पशुचौपायालाई खोरेत रोगविरुद्ध निःशुल्क खोप

Posted by:
बिहिवार, असोज १, २०८३
झापा / संविधान दिवस २०८३ को अवसरमा झापाको बुद्धशान्ति गाउँपालिकामा पशुचौपायालाई लक्षित गरी खोरेत रोगविरुद्धको निःशुल्क खोप शिविर सञ्चालन गरिएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, झापाको आयोजनामा असोज १ गते बुद्धशान्ति गाउँपालिका वडा नं. ६ शिविरको सुरुआत गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, झापा प्रमूख शितल भट्टराईले बताउनुभयो । खोरेत विशेषगरी गाई, भैँसी, बाख्रा, भेडा, बंगुरलगायत खुर भएका पशुमा लाग्ने संक्रामक रोग हो । रोगको संक्रमणबाट पशुधनमा ठूलो क्षति पुग्न सक्ने भएकाले समयमै खोप लगाउनु तथा रोगको रोकथामका उपाय अपनाउनु आवश्यक छ । निःशुल्क खोप शिविरमार्फत स्थानीय किसानका पशुचौपायालाई रोगबाट सुरक्षित राख्नुका साथै खोरेत रोगको जोखिम र रोकथामबारे समेत सचेतना अभिवृद्धि गर्ने उद्देश्य रहेको र यसमा सम्पूर्ण कृषकहरु सहभागि हनु आवश्यक रहेका बुद्धशान्ति गाउँपालिका वडा नं. ६ का अध्यक्ष शिवराज पौडेलले बताउनुभएको छ । “गाउँघरमा फैलिनसक्ने रोग नियन्त्रणको निःशुल्क खोप लगाऔँ” भन्ने उद्देश्यसहित आयोजित शिविरमा पशुचौपायालाई खोरेत रोगबाट जोगाउन खोप लगाइएको हो । झापाका १५ वटै पालिकामा एक लाख ९० हजार पशु चौपायालाई खोप लगाइने बताईको छ । कोशी प्रदेश सरकारको खोरेत रोग नियन्त्रण आयोजना अन्तर्गतको पाँचौँ चरणको खोप कोशी वप्रदेशका १४ वटै जिल्लामा सञ्चालन हुने छ । त्यस कार्यक्रम अन्तर्गत झापा जिल्लामा असोज १ गते बाट बुद्धशान्ति गाउँपालिका र मेचिनगर नगरपालिका बाट एकैसाथ सुरुआत भएको छ ।
सम्बन्धित खबर