आइतवार, साउन १०, २०८३
Sancharmanch

अत्याधुनिक जर्मन प्रविधिसहित बिर्तामोडमा ‘एच एच ओ कार्बन क्लिनिङ’ सेवा सञ्चालन

Posted by:
आइतवार, साउन १०, २०८३
बिर्तामोड, झापा/ सवारी साधनको इन्जिनलाई सुरक्षित र प्रभावकारी रूपमा सफा गर्ने अत्याधुनिक जर्मन प्रविधियुक्त एच एच ओ कार्बन क्लिनिङ सेवा अब झापाको बिर्तामोडमा उपलब्ध भएको छ। बिर्तामोड नयाँ बसपार्कस्थित तुलसी अटो ग्यारेजले पेट्रोल तथा डिजेलबाट चल्ने साना तथा ठूला सबै प्रकारका सवारी साधनका लागि अत्याधुनिक कार्बन क्लिनिङ सेवा सञ्चालनमा ल्याएको हो। ग्यारेजका अनुसार अत्याधुनिक एच एच ओ कार्बन क्लिनिङ मेसिनको प्रयोगबाट इन्जिन नखोली नै इन्जिनभित्र जमेको कार्बन (फोहोर) सुरक्षित रूपमा हटाइन्छ। करिब ३० मिनेटमै सम्पन्न हुने यो प्रक्रियाले इन्जिनको कार्यक्षमता सुधार गर्न मद्दत गर्ने दाबी गरिएको छ। कार्बन क्लिनिङका कारण इन्जिनभित्र जमेको कार्बन हट्दा इन्जिन सहज रूपमा सञ्चालन हुने, इन्जिनको आयु बढ्ने तथा भविष्यमा हुने मर्मतसम्भारको खर्च कम हुने विश्वास गरिएको छ। साथै गाडीको पिक–अप पावर नयाँ जस्तै हुने, इन्जिनको आवाज र भाइब्रेशन कम हुने तथा समग्र इन्जिनको कार्यक्षमता सुधार हुने जनाइएको छ। इन्जिन स्वस्थ रहँदा सवारी साधनको रिसेल भ्यालु पनि राम्रो रहने, इन्धन (पेट्रोल तथा डिजेल) को खपत घटेर खर्च बचत हुने तथा साइलेन्सरबाट निस्कने कालो धुवाँ र प्रदूषणमा समेत कमी आउने ग्यारेजले जनाएको छ। त्यस्तै, इन्जिनको आरपीएम (RPM) घटबढ हुने समस्यालाई पनि कार्बन क्लिनिङले समाधान गर्न सहयोग पुग्ने दाबी गरिएको छ। सवारी साधनको नियमित मर्मतसम्भारलाई ध्यानमा राख्दै अत्याधुनिक प्रविधिबाट सेवा दिन थालिएको बताउँदै ग्यारेजले सबै प्रकारका पेट्रोल तथा डिजेल सवारीधनीलाई आवश्यक परामर्श तथा सेवा लिन आग्रह गरेको छ। एच एच ओ कार्बन क्लिनिङ सेवा तुलसी अटो ग्यारेज, बिर्तामोड नयाँ बसपार्क, झापामा उपलब्ध रहेको छ। थप जानकारी वा सेवा बुकिङका लागि ९८७००९२५०४, ९८४४६६२८०७ वा ९८४२७५५१०२ नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ।
सम्बन्धित खबर