बुधवार, असार ३, २०८३
Sancharmanch

गोपाल गौरी द्वारा महिला सशक्तीकरणमा टेवा पुर्याउने एक महिने झोला बनाउनेएड्भान्स तालिम सम्पन्न

Posted by:
बुधवार, असार ३, २०८३
झिलझिले, झापा / गोपाल गौरी दिगो विकास प्रतिष्ठानको प्राविधिक सहयोग तथा शिवसताक्षी नगरपालिकाको महिला, बालबालिका शाखाको आर्थिक सहयोगमा सञ्चालित एक महिने झोला बनाउने एड्भान्स तालिम सम्पन्न भएको छ । तालिम समापनसँगै सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको छ । गत वर्ष पनि तालिमको आयोजना गरिएको बताउँदै प्रविधि हस्तान्तरण गर्ने उध्येश्य अनुसार कार्यक्रम तय भए पनि माग नभएको शिवसताक्षी नगरपालिका उपप्रमुख नरमायाँ कार्कीले बताउनुभयो । पहिले बेशीक लेवलको तालिम प्राप्त सहभागिहरुलाई पुन एड्भान्स तालिम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । तालिमले जिविकोपार्जनमा सहजता थपेको शिवसताक्षी नगरपालिका वडा नं. ११ का अध्यक्ष बहादुर आङ्वोले बताउनुभयो । प्रतिष्ठानको प्रादेशिक कार्यालय झिलझिलेमा बुधबार आयोजित एक समारोहका बीच तालिमको औपचारिक समापन गरिएको हो । वैशाख २९ गते उद्घाटन गरिएको तालिममा १५ जना सहभागी रहने गरी सम्झौता भएको भए पनि १६ जनाले सक्रिय सहभागिता जनाएको आयोजकले जनाएको छ । गोपाल गौरी दिगो विकास प्रतिष्ठान की केन्द्रीय अध्यक्ष इन्दिरा शर्माले सहभागिहरुले उत्साहपूर्ण ढंगले सिक्न समय प्रयाप्त दिएको र सिकाई उपलब्धि राम्रोसँग भएको बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व नगर उपप्रमुख भोजकुमारी नेपालले गोपाल गौरी दिगो विकास प्रतिष्ठानले हरेक वर्ष भिन्न भिन्न शीलपाई अगाडि वढाउँदै गएको बताउनुभयो । सहभागीहरूको तर्फबाट बोल्दै पासाङ तामाङले तालिमले महिलाहरूको सीप, आत्मविश्वास र स्वरोजगार क्षमतामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो । तालिम समापन कार्यक्रममा शिवसताक्षी नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष बहादुर आङ्बो को अध्यक्षता रहेको थियो भने नगर उपप्रमुख नरमाया कार्की प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । शिवसताक्षी नगरपालिकाको महिला, बालबालिका शाखा प्रमुख देवकुमारी पराजुली ले सञ्चालन गर्नुभएको कार्यक्रममा गोपाल गौरी दिगो विकास प्रतिष्ठानकी केन्द्रीय सदस्य भगवती गुरागाई ले स्वागत मन्तव्य राख्नुभएको थियो । सहभागीहरूले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा लागू गर्दै आत्मनिर्भर बन्ने प्रतिबद्धता व्यक्त गरेका थिए । आयोजकका अनुसार यस्ता सीपमूलक तालिमले महिलाहरूको आर्थिक तथा सामाजिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पर्याउने अपेक्षा गरिएको छ ।
सम्बन्धित खबर