बुधवार, वैशाख २, २०८३
Sancharmanch

बिदाकै दिन जनसेवा : नागरिकताविहीन आमासीलाई वडा नं. ६ को साथ

Posted by:
बुधवार, वैशाख २, २०८३

झापा/शिवसताक्षी नगरपालिका वडा नं. ६, झापाले सार्वजनिक बिदाको समयमा पनि आम नागरिकको सेवामा वडाको जनशक्ति परिचालन गरेको छ। बुधबार स्थानीय सिरुवा पर्वको अवसरमा सार्वजनिक बिदा भए पनि वडा सार्वजनिक महत्वका काममा तल्लीन रहेको छ।

आमासी ताजपुरियालाई लामो समयसम्म नागरिकताविहीन अवस्थाबाट नागरिकता प्रदान गर्न सार्वजनिक बिदाकै समयमा वडा अध्यक्ष मनोज खुलाल कार्कीले मानवीय पहल गर्नुभएको हो। श्रीमान् लामो समयदेखि बेपत्ता भए पनि तीन सन्तानकी आमा ६० वर्षीया आमासी ताजपुरियाको नागरिकता बनाउने कार्यमा वडाले गरेको पहल वास्तवमै जनमुखी देखिएको छ।

“घर–घरमा सिंहदरबार” भन्ने उक्तिलाई साकार पार्दै वडाले गरेको यो पहल यतिबेला चर्चामा रहेको छ। वडा अध्यक्ष मनोज खुलाल कार्कीको नेतृत्वमा वडा सदस्य गीता दर्जी, वडा सचिव शान्तिराम रिमाल तथा कर्मचारी समीक्षा भेटवालको टोलीले स्थलगत सर्जमिन सम्पन्न गरेको छ।

आमासी ताजपुरिया लामो समयदेखि आफ्ना दाजु माकुलाल ताजपुरियाको घरमा बस्दै आउनुभएको छ।

सम्बन्धित खबर