सोमवार, फागुन २५, २०८२
Sancharmanch

प्रिमेनोपोजल सिन्ड्रोम र महिलाको प्रजनन् स्वास्थ्य सम्बन्धी अन्तरक्रिया सम्पन्न

Posted by:
सोमवार, फागुन २५, २०८२
पुष्पलता अर्याल,झापा/ इनर विल क्लवअफ विर्तामोड मिटटाउन र इनर विल क्लव अफ अर्जुनधाराको संयुक्त आयोजनामा अन्तरक्रिया सम्पन्न भएको छ । नारी दिवसको अवसर पारेर प्रिमेनोपोजल सिन्ड्रोम र महिलाको प्रजनन् स्वास्थ्य सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको हो । विर्तामोडस्थित होटल हेवन ग्रान्डमा आयोजित उक्त कार्यक्रममा क्लबकी अध्यक्ष लुना बस्नेतको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि स्त्री रोग विशेषज्ञ डा. प्रियंका कटुवालको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै डा. कटुवालले महिलामा हर्मोनको कमी वा असन्तुलनका कारण विभिन्न शारीरिक तथा मानसिक समस्या देखा पर्न सक्ने बताउनुभयो । उहाँले यस्तो समस्या कम गर्न सन्तुलित आहार, नियमित व्यायाम, पर्याप्त आराम र सकारात्मक जीवनशैली अपनाउन आवश्यक रहेको बताउनु भएको छ । कार्यक्रममा नारी सञ्चारगृह झापा साथै मारवाडि महिला मञ्च वाट समेत सहभागिता रहेको बताईको छ। कार्यक्रम ३० जना महिलाहरुको सहभागिता रहेको इनर विल क्लव अफ अर्जुनधाराका प्रेसिडेन्ट एनी गोम्देनले बताउनुभयो । महिलाको स्वास्थ्यप्रति सचेतना बढाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमको सञ्चालन कमला कटुवालले गर्नुभएको थियो ।
सम्बन्धित खबर