मङ्गलवार, फागुन १२, २०८२
Sancharmanch

घण्टीको आवाजमा छोरो बचाउन ‘डिजिटल प्रेम’को राजनीति

Posted by:
मङ्गलवार, फागुन १२, २०८२
झापा /सामाजिक सञ्जालमा फेक आइडी बनाएर असुली धन्दामा सम्लग्न झापा बिर्तामोडका एक युवालाई प्रहरीले गिरफ्तार गरेको छ । पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका १ का यति वर्षीय २३ का बिभूतजंग कार्की छन् । उनले गिरी थरका एक युवालाई ठगेको प्रहरीले जनाएको छ । पैसा असुल्न कार्कीले लामै जाल बनेका थिए । हालसालै रास्वपा प्रवेश गरेका बिर्तामोडका बलराम कार्कीका छोरा विभूतजंग कार्कीलाई मंगलबार झापाको मेचिनगर नगरपालिकामा सञ्चालित एक सुधार गृहबाट प्रहरीले पक्राउ गरेको हो । पहिलो श्रृङ्खलामाः झापा बिर्तामोडका गिरी थरका एक युवक क्यानडामा रोजगारीसँगै अध्ययन गरिरहेको थाहा पाएर बलराम कार्कीका छोरा विभूतजंग कार्कीले पटक–पटक आफूलाई अफ्ठ्यारो परेको भन्दै पैसा मारिरहे। गिरीले आफूसँग नभएको भन्दै टारिरहन्थे। अचानक गिरीले गफै–गफमा घरबाट विवाह गर्न नर्सिङ गरेको दुलही खोज्ने सल्लाह दिएको कुरा गरे। उनको भावनालाई विभूतजंगले क्यासमा परिणत गर्ने अठोटका साथ आफूले चिनेको कटुवाल थरकी एक साथी अष्ट्रेलियामा रहेको बताउँदै उनीसँग कुरा गर्ने बताए। सुरुमा त गिरीले इन्कार गरे, तर बोल्दैमा केही हुँदैन भनेर विभूतजंग कार्कीले गिरीलाई विश्वस्त बनाए। दोश्रोे श्रृङ्खलामाः त्यसपछि कार्कीले फेक आइडी बनाएर ३ वटा फोटो राखेर गिरीलाई फ्रेन्ड रिक्वेस्ट पठाए। सुरुमा त गिरीले स्वीकारेनन्। फेरि कार्कीले गिरीलाई रिक्वेस्ट एसेप्ट गर्न ‘बैनीले भनिरहेकी छिन्, स्वीकारिदिनु’ भनेर अनुनय–विनय गरे। त्यसपछि गिरीले रिक्वेस्ट एसेप्ट गरे। म्यासेजमा गफ हुँदै गए। इन्स्टाग्राममा पनि साथी बनाएर केटीकै आवाजमा भ्वाइस म्यासेजसमेत पठाइरहे। तेश्रो श्रृङ्खलामाः केटीले आफूलाई कलेजमा फी तिर्न गाह्रो भएको भन्दै गिरीसँग पैसा माग्न थालिन्। त्यसमा पनि डाइरेक्ट अष्ट्रेलिया होइन, विभूतजंग कार्की दाइलाई नेपालको प्राइम कमर्शियल बैंकमा रहेको खातामा पैसा पठाउन भनिन्। केही समयपछि परिवारबाट पैसा आएपछि फर्काइ दिने सर्तमा ३ लाख १५ हजार पैसा पठाइ दिए। चौथो श्रृङ्खलामाःजब पैसा फिर्ता गर्ने समय आयो, त्यसपछि एक्कासि केटीले दुवै साइड इन्स्टाग्राम र फेसबुकमा ब्लक गरिन्। आखिर ती केटी नभएर विभूतजंग कार्की नै थिए। पछि गिरी परिवारले खोज्दै जाँदा नाम, थर र फोटोमा भएकी वास्तविक युवतीको परिवार र उनीसँग सम्पर्क पनि भयो। यस घटनाबारे युवती र युवतीको परिवारसमेत बेखबर रहेको बताइएको छ। बिभूतजंगले फेक आइडि बनाएर रकम मात्र ठगेका छैनन् , आफ्ना पिताको भर्खरै रास्वपा पार्टि प्रवेश गरेको  नयाँ करियरमा समेत धक्का पुगेको विश्लेशकहरु बताउँछन् । जब विभूतजंगले ठगी गरेको थाहा पाएपछि पीडित परिवारले पैसा फिर्ताका लागि विभूतजंगका बुबा बलराम कार्कीलाई सम्पर्क गर्दा उल्टै धाक–धम्की दिएको पीडित परिवारको गुनासो छ। कार्कीले ‘धेरैले चेक र अमाउन्ट पठाएको प्रमाण लिएर मेरो छोरालाई इमोशनल ब्ल्याकमेलिङ गरे, तर मैले चेक च्यात्दै पैसा उठाउन आउनेहरूलाई थप्पड हानेर खेदेको’ भन्दै थर्काउन भ्याएको पीडितको भनाइ छ । जब पीडित परिवारले आफ्नो छोरा ठगिएको भन्दै इलाका प्रहरी कार्यालय बिर्तामोडमा जाहेरी लिएर पुगे, तर प्रहरीले समेत मुद्दा दर्ता गर्न नमानेपछि लामो संघर्षपश्चात २०८२ मंशिर २२ गते मुद्दा दर्ता भएको पीडित परिवारको गुनासो छ। पटक–पटकको संघर्षमा जाहेरी दर्ता गरेको प्रहरीलाई पीडित परिवारले विभूतजंग घरमै रहेको समयमा पक्राउका लागि आग्रह गर्दा पनि प्रहरी मुखदर्शक बनेको पीडितको गुनासो छ। विभूतजंगका बुबा बलराम कार्कीसमेत नक्कली बैंक ग्यारेन्टी राखेको मुद्दा पार गरिसकेका व्यक्ति भएको जानकारहरू बताउँछन्। त्यसपछि बलराम कार्कीले तत्कालीन आफ्नो शक्ति केन्द्रसँग यो मुद्दा मिलाइदिन आग्रह गर्दा बेवास्ता भएपछि उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेको बुझिएको छ। उनी अहिले रास्वपामा घण्टी बजाउँदै झापा क्षेत्र नं. २ की उम्मेदवार इन्दिरा रानाको अगाडि–पछाडि हिँडिरहेका छन्। यो मुद्दा मिलाउनका लागि रास्वपाले केन्द्रीय शक्ति परिचालन गरेको हुन सक्ने आकलन गरिएको छ। अब न्याय कसरी निरूपण हुन्छ? समयले बताउनेछ ।
सम्बन्धित खबर