आइतवार, फागुन ३, २०८२
Sancharmanch

राजनीतिमा शिक्षित युवा आउनुस’

Posted by:
आइतवार, फागुन ३, २०८२
विर्तामोड ३ फागुन / नेपाली कांग्रेसका नेताहरुले वी.पी. कोइरालाले युवाहरुलाई राजनीतिमा अत्यन्तै महत्व दिएको उल्लेख गर्दै अवको राजनीतिमा शिक्षित एवं प्रविधिमा दक्ष युवाहरुको आवश्यकता औंल्याएका छन् ।
नेपाली कांग्रेस झापा क्षेत्र नं–२ निर्वाचन परिचालन समितिको आयोजनामा विर्तामोडमा सम्पन्न नेविसंघ, तरुणदल एवं युवाहरुको भेलालाई सम्बोधन गर्दै यस्तो आवश्यकता औंल्याएका हुन् ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुधिरकुमार शिवाकोटीले पार्टीमा नेतृत्व परिवर्तन गर्नुपर्ने युवाहरुको मागलाई नेपाली कांग्रेसले सम्बोधन गरेको बताउँदै अब युवाहरुलाई देशको नेतृत्वमा पुर्याउने काममा प्रभावकारी भूमिका खेल्न आग्रह गर्नुभयो ।
‘अव शिक्षित, पढेलेखेका र आइटीमा दक्ष युवा जनशक्ति राजनीतिमा आउनुपर्छ’–नेता शिवाकोटीले भन्नुभयो–‘हिजो हामीले जानी नजानी राजनीति ग¥यौं, आन्दोलनको  जगमा टेकेर नेतृत्व ग¥यौं । अब हाम्रो पालो सकियो । जे जति दियौं, अब तपाईहरुको पालो हो । राम्रो शिक्षा ग्रहण गर्नुस्, दक्ष भएर आउनुस् । भोली देश तपाईहरुले चलाउनुपर्छ ।’ कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य उमा शिवाकोटीले अहिले फिजिकल भन्दा डिजिटल प्रचार–प्रसार बढी प्रभावकारी देखिन थालेको बताउँदै रुख चिन्हबाहक उम्मेद्वारले चुनाव जित्नेगरी डिजिटल प्रचार–प्रसार गर्न युवाहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा कोशी प्रदेशका सभापति उद्वव थापाले ब्यक्ति होइन विचार बलवान हुन्छ भन्ने सी.के. प्रसाईको मान्यता र वी.पी.को विचार कांग्रेसको राजनीतिक आधार भएको बताउँदै बद्लिएको कांग्रेसलाई देशको नेतृत्वमा पु¥याउने कार्यमा भूमिका खेल्न युवाहरुलाई आग्रह गर्नुभयो । स्वतन्त्र तरिकाले आफ्नो मत प्रयोग  गर्न पाउने जनअधिकारको रक्षा गर्न पनि उहाँको आग्रह थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका तर्फबाट झापा क्षेत्र नं–२ का उम्मेद्वार सरिता प्रसाईले नेविसंघ, तरुण दल र युवाहरु पार्टीको मेरुदण्ड भएको चर्चा गर्दै आफू नेविसंघ, तरुण दलमा संगठित हुँदै पार्टी राजनीतिमा पुगेको बताउनुभयो । जेनजी पुस्ता सबै राजनीतिक दलभित्र रहेको चर्चा गर्दै उहाँले नेपाली कांग्रेसको पक्षमा डिजिटल प्रचार–प्रसार तीव्र पार्न युवाहरुलाई आग्रह गर्नुभयो । नेपाली कांग्रेस झापा क्षेत्र नं–२ का सभापति एवं निर्वाचन परिचालन समितिका संयोजक खगेन्द्र मैनालीले भेलाको औचित्यमाथि प्रकाश पार्दै संयमित र अनुशासित  बन्दै शान्तिपूर्ण रुपमा पार्टीका उम्मेद्वार र पार्टीको पक्षमा प्रचार–प्रसार तीब्र पार्न  युवाहरुलाई आग्रह गर्नुभयो ।
नेपाली कांग्रेस कोशी प्रदेश सदस्य रञ्जिता कार्की, मिरा खड्का, महासमिति सदस्य सिता पौडेल, नेपाली कांग्रेस झापा सचिव कृष्ण हुमागाईं, नेपाल प्रेस युनियन केन्द्रिय सचिव रेजिना गौतम, नेपाली कांग्रेस २ ख का सभापति किरण श्रेष्ठ, अर्जुनधारा नगर सभापति हेमराज खरेल, भोजराज सिटौला लगायत नेविसंघ र तरुण दलका युवाहरुको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा सहजीकरण २ नम्बर क्षेत्रीय सचिव चन्द्र चुडालले गर्नुभएको थियो ।
सम्बन्धित खबर