झापा/ पाँचथर सुभाङ झापा एकता समाजको दोश्रो वार्षिक उत्सव तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ ।

फागुन २ गते शनिवार कनकाई नगरपालिका वडा नं. २ मा पर्ने धनुषकोटीकै समिपमा पर्ने भुरुङ्गा पर्यटकीय क्षेत्रमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमा पाँचथर सुभाङ वाट बसाई सरि आउनुभएका नागरिकहरुको जमघट रहेको थियो ।

विगत एक वर्ष देखि वर्षमा एक पटक जमघट गराउने, एक अर्कामा रहेको पुरानो चिनजानको पुनरताजगी गर्ने, दुःख सुख साटासाट गर्दै सम्बन्ध मजबुत बनाउने दिनको रुपमा समेत यस दिनलाई लिइएको थियो ।

आत्मीय भेटघाट, आपसी सद्भाव र सामूहिक एकताको सन्देशसहित कार्यक्रम उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ ।

आयोजना गरिएको कार्यक्रममा सुभाङमा जन्मेर राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा खाफ्नो छवी उच्च बनाउनुभएका महानुभावहरुको समेत उपस्थिति रहेको थियो ।

समाजसेवी तथा मनोसामाजिक विशेषज्ञ तारा उप्रेती, सिद्धशक्ति योगधामकी संस्थापक अध्यक्ष साध्वी रेणु उप्रेती, पूर्व न्यायाधिवक्ता साथै स्कुल अफ ल का संस्थापक युवराज संग्रौला, पाँचथर सुभाङका पूर्व प्रधानपन्च हरिप्रसाद ओझा, सुभाङ वाट आफ्नो करियर सुरु गरी झापा बुद्धशान्ति गाउँपालिकाको एक मात्र नमुना विद्यालयको प्रधानाध्यापक वाट सेवा निवृत्त हुनु भएका कृष्णराज भण्डारी,

समाजसेवी नितिराज रेग्मी, रामचन्द्र ओझा, लक्ष्मि प्रसाद सुवेदी, जिवनाथ खनाल, विभिन्न क्षेत्रमा सकृय सामाजिक ब्यक्तित्व लगायत सुभाङ जन्मभुमि, कर्मभुमि बनाउनुभएका नागरिक साथै सुभाङसँग सम्बन्ध रहेका नागरिकहरुको समेत सहभागिता रहेको थियो ।

कार्यक्रम सफल बनाउन विभिन्न ब्यक्तित्वहरुले आर्थिक सहयोग समेत गर्नु भएको छ ।

प्रमुख अतिथि तारा उप्रेति तथा रेणु उप्रेति बाट रु ६० हजार, निर्माण ब्यवसायी डम्बर खनाल बाट २० हजार, यातायात ब्यवसायी महासंघका सरोज सिटौला बाट १० हजार साथै सुभाङकै नागरिकहरु वाट स्वतस्फुर्त रुपमा सहयोग प्राप्त भएको बताइएको छ ।

आयोजकका अनुसार प्राप्त सहयोगले कार्यक्रम व्यवस्थापन तथा भावी योजनालाई समेत टेवा पुगेको छ ।

सुभाङ झापा एकता समाज आफ्ना नागरिक सदस्यहरुका घरमा दुःख परेको घडिमा सामुहिक रुपमा पुग्ने गरेको छ ।

जस्ले आपसी सध्भाव साथै आत्मियता मात्र होइन घनिष्टता समेत प्रस्तुत गरेको देखिन्छ ।

कार्यक्रममा समाजका अध्यक्ष ओमभक्त सेडाईले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने समाजका कोषाध्यक्ष टिका खनालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रम पाँचथर सुभाङ झापा एकता समाजका अध्यक्ष ओमभक्त सेडाईको अध्यक्षता साथै समाजसेवी तथा मनोसामाजिक विशेषज्ञ तारा उप्रेतीको प्रमुख आतिथ्यता रहेको थियो ।

समाजका सदस्य कासिनाथ तिम्सिनाले स्वागत गर्नु भएको कार्यक्रम समाजका सचिव हरि सुवेदीले सञ्चालन गर्नु भएको थियो ।

उक्त अवसरमा सहभागीहरुले जन्मथलो सुभाङसँगको आत्मीय सम्बन्धलाई अझ मजबुत बनाउँदै आगामी दिनमा समाजमार्फत सामाजिक, शैक्षिक तथा परोपकारी गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।