शनिवार, फागुन २, २०८२
Sancharmanch

बितामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाद्वारा मनप्रसाद मैनााली सम्मानित

Posted by:
शनिवार, फागुन २, २०८२
झापा/ झापाको बितामोडस्थित बितामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका सहायक पम्प अपरेटर मनप्रसाद मैनाालीे संस्थामा आठ वर्ष सम्म सेवा पुर्याउँदै उमेर हदका कारण अनिवार्य अवकाश हुनु भएको छ । अवकास प्राप्त मैनालीले संस्थालाई पुर्याउनुभएको योगदानको कदर गर्दै संस्थाले भब्य सम्मानकासाथ विदार्ई गरेको छ । झापाको अर्जुनधारा नगरपालिका वडा नं. १०, निवासी मैनााली वि.सं. २०२२ साल माघ १७ गते पिता जयप्रसाद तथा माता नरमाया मैनाालीका सुपुत्रका रूपमा जन्मनुभएको थियो । मैनालीले वि.सं. २०७४ साल फाल्गुण १ गते सहायक पम्प अपरेटर पदमा करार नियुक्ति प्राप्त गरी संस्थामा सेवा प्रारम्भ गर्नुभएको बताइएको छ । मनप्रसाद मैनालीलले संस्थाका लागि अहोरात्र कृयाशील भएर गोगदान गर्नु भएको संस्थाका अध्यक्ष मेघराज वाँस्तोलले बताउनुभयो । मैनालीलले पदमा वि.सं. २०७५ फाल्गुण ११ गतेदेखि अस्थायी हुँदै वि.सं. २०७७ श्रावण १ गतेदेखि स्थायी नियुक्ति प्राप्त गर्नुभएको थियो । करिब ८ वर्षको निरन्तर सेवापछि वि.सं. २०८२ माघ १८ गते उमेर हदका कारण अवकाश प्राप्त गर्नुभएको जनाइएको छ । संस्थाले जारी गरेको सम्मान–पत्रमा उहाँले इमान्दार, कर्तव्यनिष्ठ र निष्ठावान कर्मचारीका रूपमा कार्य गर्दै संस्थाको विकास र उन्नयनमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गरिएको छ । उहाँको सेवाकालीन जीवन क्रियाशील र रचनात्मक बनोस् भन्ने अपेक्षासहित संस्थाले स्वास्थ्य, सुख र दीर्घायु जीवनको कामना सहित विदाई गरेको छ । उहँ संस्थामा रहुन्जेल जस्तोसुकै परिस्थितिमा पनि संस्थाको हितमा काम गरेको स्मरण गर्दै संस्थाका उपाध्यक्ष शैलेन्द्र सिटौलाले इमान्दार कर्मचारीको नाममा मैनालीको नाम उच्च स्थानमा रहने बताउनुभयो । कार्यक्रम संस्थाका अध्यक्ष मेघराज वाँस्तोलाको अध्यक्षतामा सञ्चालन भएको थियो । संस्थका उपाध्यक्ष शैलेन्द्र सिटौला, कोषाध्यक्ष शारदा रिजाल, सदस्यहरु आनन्द गुरुङ, खगेन्द्र थापा, मायाँदेवी खड्गी (प्रधान), संस्थाका ब्यवस्थापक खड्गराज गिरी, कर्मचारीहरुको उपस्थिति रहेको कार्यक्रम संस्थाका सचिव पारसमणि मैनाालीले सञ्चालन गर्नुभएको थियो ।
सम्बन्धित खबर