बिहिवार, माघ ३०, २०८२
Sancharmanch

सामाजिक उत्तरदायित्वको उदाहरण- मिलन अधिकारी र एन के नेपालद्वारा विद्यालयमा फिल्टरसहितपोषाक वितरण

Posted by:
बिहिवार, माघ ३०, २०८२
झापा/ झापाको कचनकवल गाउँपालिका वडा नं. ३ आम बाडिमा रहेको आमवाडी आधारभुत विद्यालयमा विद्यालय पोषाक साथै पानि फिल्टर वितरण गरिएको छ । युवा उद्यमी साथै समाजसेवी मिलन अधिकारीले आफ्नै लगानीमा विद्यालयको कक्षा १ देखि ८ सम्मका ८५ जना विद्यार्थिलाइ निशुल्क रुपमा विद्यायलय पोषाक, रु १ सय र बिस्कुट वितरण गर्नुभएको हो । साथै एन के नेपाल ट्रेड एण्ड सप्लायर्सका तर्फ बाट एक थान उच्च कोटिको फिल्टर वितरण गरिएको छ । सोहि अवसरमा मिलन अधिकारी द्वारा विद्यालयमा कार्यरत अपाङ्गाता हुनुभएका शिक्षक र उहाँकी धर्मपत्निलाई समेत कपडा वितरण गर्नु भएको छ । उहाँको यस कार्यले मानवीय संवेदनशीलता र सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको उपस्थित वक्ताहरूले बताएका छन् । एन के नेपाल ट्रेड एण्ड सप्लायर्षले विगत २ वर्ष देखी किस्ताबन्दिमा शुद्ध पानि घर घरमा पुर्याउनका लागि फिल्टर बिक्रि गर्दै आएको छ । पहिलो चरणमा १० हजार ग्राहक माझा फिल्टर पुर्याउने कार्यक्रम सञ्चालन गरेको एन के नेपाल ट्रेड एण्ड सप्लायर्षले दोश्रो चरणमा पनि थप १० हजार ग्राहकलाई किस्ता बन्दिमा फिल्टर उपलब्ध गराउने मिसनमा अगाडि वढेको छ । फिल्टरको दुनियामा नयाँ आयाम थपेको एन के नेपाल ट्रेड एण्ड सप्लायर्षले सामाजि उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा आर्थिक सहयोग साथै निशुल्क फिल्टर जडान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि वडा नं. ३ का अध्यक्ष महमदग्यास अजमल मियाँले मिलन अधिकारीको सामाजिक कामप्रति खुसी ब्यक्त गर्नुभयो । केहि युवाहरु देश निर्माणमा जुटेको बताउँदै युवाहरु विभिन्न क्षेत्रमा ध्रुविकरण भएको सन्दर्भमा विद्यालयले दानविर युवाहरु बाट केहि प्राप्त गरेको बताउनुभयो यसैले समाज सुदृढ हुने उहाँले बताउनुभयो । आफ्नी माताले यस विद्यालयमा अध्यापन गराउनुहुने बताउँदै विद्यार्थिहरुको युनिफममा एकरुपता ल्याउँदै निजि विद्यालयकै सरहमा विद्यालयको स्तर बृद्धि हुने उध्येश्य सहित आफ्नो ब्यक्तिगत तथा आफु आवद्ध कम्पनीका तर्फ वाट निशुल्क फिल्टर जडान गरिएको युवा उद्यमी मिलन अधिकारीले बताउनुभयो । उहाँले सामुदायिक विद्यालयको शैक्षिक वातावरण सुदृढ बनाउने उद्देश्यले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा विद्यार्थिहरुले नृत्य समेत प्रस्तुत गरेका थिए । विद्यालयका प्रधानाध्यापक जय प्रकाश शाहले सेवानै धर्म भन्ने कुरा समाजसेवी मिलन अधिकारीले चरितार्थ गर्नु भएको बताउनुभयो । उहाँले विद्यालय परिवारको तर्फबाट सहयोगप्रति आभार प्रकट गर्नुभयो । कार्यक्रमलाई सम्बेधन गर्दै समाजसेवी भैरव प्रसाद राजवंशीले मिलन अधिकारीले ठुलो मनकासाथ पोषाक वितरण गरेको वताउँदै उहाँलाई धन्यवाद दिनुभयो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मोति माध्यमिक विद्यालयका प्रधानाध्यापक छवीलाल बस्नेतले सामुदायिक विद्यालयका बालबालिकाको पोषाकमा एकरुपता ल्याउनका लागि समाजसेवी मिलन अधिकारीले गर्नुभएको योगदानको उच्च कदर गर्दै प्रसंसा गर्नुभयो । विद्यालयमा सहयोग गरेको भन्दै विद्यालयको तर्फ वाट मिलन अधिकारीलाई कदरपत्र द्वारा सम्मान समेत गरिएको थियो । कार्यक्रममा एन के नेपाल ट्रेड एण्ड सप्लायर्षका सञ्चालक माधव प्रसाद घिमिरे, अभिभावक, समाजसेवी बुद्धिजिवि लगायतको सहभागिता रहेको थियो । बिद्यालयका प्रधानाध्यापक जय प्रकाश शाहको अध्यक्षता रहेको कार्यक्रममा कचन कवल गाउँपालिका वडा नं. ३ का अध्यक्ष महमदग्यास अजमल मियाँ प्रमुख अतिथि रहनु भएको कार्यक्रमलाई विद्यालयकी शिक्षिका हिना राजवंशीले स्वागत गर्नुभएको थियो । उक्त कार्यक्रमले सामुदायिक विद्यालयप्रति समाजको सहयोग र सहकार्य अझ मजबुत बन्दै गएको सन्देश दिएको छ ।
सम्बन्धित खबर