बुधवार, माघ २२, २०८२
Sancharmanch

पार्टी हितविपरीत गतिविधि: बलराम कार्कीको सदस्यता खारेज

Posted by:
मङ्गलवार, माघ २१, २०८२

विर्तामोड, २० माघ / नेपाली कांग्रेस झापाले पार्टी अनुशासन उल्लङ्घन गरेको निष्कर्षसहित विर्तामोड–१ निवासी तथा पार्टीका आमन्त्रित जिल्ला सदस्य बलराम कार्कीलाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको जनाएको छ। विगतका निर्वाचनहरुमा समेत पार्टि हित विपरित भित्रि रुपमा असहयोग गर्ने गर्नु भएका कार्कीलाई पार्टि बाट कार्वाहिका लागि यस अघि पनि मौखिक उजुरी परेको भए पनि आधिकारिक प्रणको अभावमा कार्वाहि गर्न नसकिएको कांग्रेस श्रोतले बताएको छ । पार्टिले २ पटक सम्म वडा अध्यक्षको टिकट दिए पनि आफ्नै कारणले परास्त भएका थिए । उनि अवसरका लािग जस्तो सुकै हर्कत गर्न पनि पछि नपर्ने पार्टिको उच्च श्रोतले बताएको छ । आफु मात्र पद र ओहदामा पुग्न रुचाउने कार्कीलाई पार्टिले विभिन्न समयमा प्रतिष्ठित संस्थाहरुमा पुर्याए पनि उनको स्वार्थ बढ्दै जाँदा पार्टिले थाम्न नसकेको बताइएको छ ।

जिल्ला कार्यसमितिको निर्णयअनुसार गरिएको कारबाहीबारे कार्यबाहक सभापति शेरबहादुर भट्टराईले आज विज्ञप्ति जारी गर्दै औपचारिक जानकारी गराउनुभएको हो।

जारी विज्ञप्तिमा कार्की केही समयदेखि पार्टीहित विपरीत गतिविधिमा संलग्न रहँदै आएको उल्लेख छ। पार्टीले पटक–पटक सचेत गराउँदै सुधारको अवसर प्रदान गरे पनि आचरणमा परिवर्तन नआएको र अनुशासनविपरीत क्रियाकलाप निरन्तर देखिएकाले कडा निर्णय लिनुपरेको जनाइएको छ। सोही आधारमा उनलाई आजकै मितिबाट लागू हुने गरी नेपाली कांग्रेसको साधारण सदस्यतासमेत समाप्त गरिएको स्पष्ट पारिएको छ।

निर्णयसँगै कार्कीले पार्टीको तर्फबाट प्रतिनिधित्व गर्दै आएका सबै निकाय र संस्थाहरूमा रहेको हैसियत पनि स्वतः खारेज गरिएको विज्ञप्तिमा उल्लेख छ। यससँगै, अब उप्रान्त उनले गर्ने कुनै पनि गतिविधि वा अभिव्यक्तिप्रति नेपाली कांग्रेस जिम्मेवार नहुने कुरा समेत पार्टीले स्पष्ट गरेको छ।

जिल्ला नेतृत्वले पार्टी अनुशासन, संस्थागत मर्यादा र विधिसम्मत प्रक्रियालाई सर्वोपरि राख्दै यस्ता कदम चालिएको बताएको छ। साथै, पार्टीभित्र मतभेद वा असहमति भए पनि विधानसम्मत ढङ्गले समाधान खोज्नुपर्ने सन्देश दोहोर्‍याउँदै संगठनलाई एकताबद्ध र अनुशासित राख्न सबै नेता–कार्यकर्तालाई आग्रह गरिएको छ।

सम्बन्धित खबर