झापा/ बुद्धशान्ति गाउँपालिकाको आयोजनामा मिति पौष २२ र २३ गते बुद्धशान्ति गाउँपालिका–३ स्थित पेट्रोल पम्प पश्चिमको मैदानमा सञ्चालन भइरहेको बुद्धशान्ति गाउँपालिका दोस्रो अन्तर माध्यमिक विद्यालय (कक्षा १० सम्म) स्तरीय T–10 छात्र क्रिकेट प्रतियोगिता २०८२ को पहिलो दिन पाँच खेल सम्पन्न भएका छन्।

मंगलबार आयोजित उद्घाटन सत्रसँगै दस वटा विद्यालयबीच पाँच खेल सम्पन्न भएका हुन्। प्रतियोगिताको पहिलो खेलमा महानन्द शिक्षा सदनलाई पराजित गर्दै कर्णाली एजुकेसन फाउन्डेसन विजयी बनेको थियो।

दोस्रो खेलमा नवकिरण माध्यमिक विद्यालयलाई हराउँदै त्रिभुवन माध्यमिक विद्यालय विजयी भएको छ।

त्यसैगरी तेस्रो खेलमा एम्बिसन एकेडेमीलाई पराजित गर्दै गडिगाउँ माध्यमिक विद्यालय विजेता बनेको थियो।

दिनको चौथो खेलमा राष्ट्रिय विजय माध्यमिक विद्यालयलाई हराउँदै ज्योति अंग्रेजी माध्यमिक विद्यालय विजयी भएको छ।

पहिलो दिनको अन्तिम तथा पाँचौँ खेलमा न्यु एभरग्रीन इ.बो. स्कुललाई पराजित गर्दै बुद्धआदर्श माध्यमिक विद्यालय विजयी बनेको छ।

खेलाडी उत्पादन र छनौट गर्ने उद्देश्यले सञ्चालन गरिएको यस प्रतियोगिताको दोस्रो दिन, मिति पौष २३ गते, सेमिफाइनल र फाइनलसहित पाँच खेल सञ्चालन हुने आयोजकले जनाएको छ।

विद्यालय स्तरबाटै प्रतिस्पर्धामार्फत प्रतिभावान खेलाडी छनौट गर्ने उद्देश्यले बुद्धशान्ति गाउँपालिकाले सञ्चालन गरेको यस प्रतियोगिताले धेरै विद्यार्थी खेलाडीलाई अवसर र प्रोत्साहन प्रदान गरेको सहभागीहरूले बताएका छन्।











