बुद्धशान्ति, झापा/ लागू पदार्थ दुरुपयोग न्यूनीकरणका लागि सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले उर्जाशील रामधुनी आमा समूहको आयोजनामा प्रभावकारी कार्यक्रम सम्पन्न भएको छ ।

“पहिलो प्रहारको प्रतिकार गरौँ, दोस्रो प्रहारको प्रतीक्षा नगरौँ” भन्ने सन्देशलाई आत्मसात् गर्दै आयोजित उक्त कार्यक्रममा लागू पदार्थ न्यूनीकरणसम्बन्धी जनचेतनामूलक नाटक, सन्देशवाहक प्रस्तुति तथा सहयोग कार्यक्रमको आयोजना गरिएको थियो ।

मासिक कार्यक्रम अन्तर्गत पौष महिनाको सहयोग संस्थाकी सचिव निरा न्यौपाने कट्टेलका छोराको जन्मदिनको अवसर पारेर एरा एभरग्रिन इङ्लिस स्कुलमा अध्ययन गर्ने विपन्न समुदायका विद्यार्थीलाई सहयोग गरिएको थियो ।

समाजमा बढ्दो लागू पदार्थ सेवनले पारिवारिक संरचना, सामाजिक सद्भाव र नैतिक मूल्यमा गम्भीर असर पारिरहेको वर्तमान अवस्थामा आमा समूहले समुदायमै पुग्नेगरी सचेतना फैलाउने प्रयासलाई एरा एभरग्रिन इङ्लिस स्कुलका प्रवन्ध निर्देशक खगेन्द्र मैनालीले खुलेरै प्रशंसा गर्नुभयो ।

नाटकमार्फत प्रस्तुत गरिएका यथार्थपरक दृश्यहरूले किशोर–किशोरी, युवा, अभिभावक तथा सर्वसाधारणलाई लागू पदार्थको लतले निम्त्याउने जोखिम र त्यसबाट जोगिनुपर्ने उपायबारे गहिरो सन्देश दिएको थियो ।

उक्त कार्यक्रम सफल बनाउन एरा एभरग्रिन इङ्लिस स्कुल, बुद्धशान्ति–भापाले सहयोग गरेको थियो ।

विद्यालयले शिक्षासँगै सामाजिक उत्तरदायित्वलाई पनि समान महत्व दिँदै समुदायस्तरको चेतनामूलक कार्यक्रममा सहकार्य गर्दै आएको छ ।

विद्यालयको यस सहयोगले शैक्षिक संस्थाहरू समाज सुधारका अभियानमा अग्रसर हुन थप हौसला मिलेको छ ।

नाटकसँग सँगै समाज रुपान्तरणका क्षेत्रमा उर्जाशिल रामधुनी आमा समूह सकृय रहेको विर्तामोड साना शहरी खानेपानि तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष मेघराज बाँस्तोलाले बताउनुभयो ।

आयोजक संस्था उर्जाशील रामधुनी आमा समूह, बिर्तामोड–भापा महिलाको नेतृत्वमा सामाजिक विकृति, हिंसा तथा लागू पदार्थ दुरुपयोगविरुद्ध निरन्तर सक्रिय रहँदै आएको संस्था हो ।

समुदायलाई सचेत बनाउँदै सुरक्षित र स्वस्थ समाज निर्माणमा योगदान पु¥याउने उद्देश्यसहित समूहले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिदै आएको संस्थाकी अध्यक्ष गंगा सिवाकोटी ढकालले बताउनुभयो ।

यस किसिमका सचेतनामूलक र सृजनात्मक कार्यक्रमले लागू पदार्थ न्यूनीकरणमा दीर्घकालीन प्रभाव पार्ने विश्वास लिइएको छ ।

बिद्यालयका विद्यार्थिहरुमा शन्देश प्रभाह गर्ने उध्येश्य अनुसार नाटक प्रदर्शन गरिएको बताइएको छ ।

आयोजक र सहयोगी संस्थाबीचको सहकार्यले समाजमा सकारात्मक परिवर्तनको आधार तयार गर्ने विद्यालयले अपेक्षा गरेको छ ।