शनिवार, फागुन २, २०८२
Sancharmanch

बिर्तामोड मिडटाउन इनरव्हील क्लबद्वारा इनरव्हील ब्रान्डिङ तथा जनचेतना स्टेसन स्थापना

Posted by:
बुधवार, पौष १६, २०८२

झापा । इनरव्हील डिस्ट्रिक्ट ३५० अन्तर्गत रहेको इनरव्हील क्लब अफ बिर्तामोड मिडटाउनले इनरव्हीलको पहिचान र विश्वव्यापी सञ्जालबारे जनचेतना फैलाउने उद्देश्यले इनरव्हील ब्रान्डिङ तथा सचेतना स्टेसन स्थापना परियोजना सम्पन्न गरेको छ।

बिर्तामोड नगरपालिकाको अगाडि रहेको स्टेसनलाई मर्मत–सम्भार तथा नवीकरण पश्चात इनरव्हीलको लोगो सहित पुनःस्थापना गरिएको हो। स्टेसनमा यसअघि जेनजी आन्दोलनका क्रममा संरचना क्षतिग्रस्त भएको थियो।

पुनःस्थापना कार्यक्रमको उद्घाटन इनरव्हील डिस्ट्रिक्ट ३५० की जिल्ला अध्यक्ष आईडब्ल्यू कमला श्रेष्ठजिल्ला सचिव आईडब्ल्यू बिनिता भट्टराईले संयुक्त रूपमा गर्नुभएको थियो।

क्लबकी अध्यक्ष लुना बस्नेतको नेतृत्वमा सम्पन्न उक्त परियोजनाको उद्देश्य आम नागरिकलाई इनरव्हील क्लबको गतिविधि, सेवा भाव र अन्तर्राष्ट्रिय पहुँचबारे जानकारी गराउनुका साथै संस्थाको विश्वव्यापी पहिचान प्रवर्द्धन गर्नु रहेको क्लबले जनाएको छ।

इनरव्हील क्लब अफ बिर्तामोड मिडटाउन (क्लब नं. ६७११) ले सामाजिक सेवा, महिला सशक्तीकरण तथा समुदाय विकासका क्षेत्रमा निरन्तर योगदान गर्दै आइरहेको छ।

ब्रान्डिङ तथा जनचेतना स्टेसन स्थापना परियोजनाले इनरव्हीलको सकारात्मक छवि र सामाजिक उत्तरदायित्वलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

सम्बन्धित खबर