झापा / खुद्रा माछा व्यवसायीका लागि माछा सरसफाइ तथा स्वच्छता व्यवस्थापनसम्बन्धी तालिम पश्चात बजार अनुगमन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम FAO नेपाल र केन्द्रीय मत्स्य प्रबद्र्धन तथा संरक्षण केन्द्र, बालाजुको संयुक्त आयोजनामा सम्पन्न गरिएको हो । तालिमको ब्यवस्थापन भने भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र झापाले गरेको थियो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र झापाका सहायक मत्स्य विकास अधिकृत केदार कुमारी अधिकारीका अनुसार झापा जिल्लामा सक्रिय खुद्रा माछा व्यवसायीहरूलाई लक्षित गर्दै माछा सरसफाइ तथा स्वच्छता व्यवस्थापन सम्बन्धी तालिमको आयोजना गरिएको थियो । तालिममार्फत माछा बिक्री गर्ने व्यवसायीहरूलाई सरसफाइ र स्वच्छतासम्बन्धी थप प्राविधिक ज्ञान प्रदान गरिएको जनाइएको छ ।

केन्द्रीय मत्स्य प्रबद्र्धन तथा संरक्षण केन्द्र, बालाजुका कार्यालय प्रमुख सरिता गौतमले आफ्नो कार्यालय वाट क्षेत्र विस्तार देखी उत्पादन बृद्धिसँगै माछाको बजार ब्यवस्थापन गर्नका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको साथै विर्तामोड कृषिथोक बजार लगायत झापाको बजार अन्यत्र भन्दा राम्रै ब्यवस्थापन भएको आफुले पाएको बताउनुभयो ।

झापामा FOA नेपालको टि सि पि कार्यक्रम अन्तर्गत सञ्चालित २ वर्ष सम्म कार्यक्रम सञ्चालन भएको थियो । सोहि कार्यक्रम अन्तर्गत सञ्चालन भएको तालिमपछि झापाको भद्रपुर तथा बिर्तामोड क्षेत्रमा सञ्चालित खुद्रा तथा होलसेल माछा व्यवसायहरूको बजार अनुगमनसमेत गरिएको थियो। अनुगमनका क्रममा बिर्तामोडस्थित कृषि थोक बजारभित्र माछा व्यवसाय सञ्चालन गर्ने पसलहरूको निरीक्षण गरिएको छ ।

स्वच्छ माछा उपभोक्ताको चुल्होसम्म पुर्याउने उद्देश्यले आयोजना गरिएको उक्त तालिम तथा अनुगमन कार्यक्रमले माछा व्यवसायमा स्वच्छता र गुणस्तर अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । अनुगमनका क्रममा कृषकको पोखरी देखी होलसेल तथा खुद्रा ब्यवसाय गर्ने ब्यवसायीहरुले आइस उद्योगको आवश्यकता रहेको हुँदा त्यसको ब्यवस्थापनका लागि केन्द्रीय मत्स्य प्रबद्र्धन तथा संरक्षण केन्द्र, बालाजुसँग आग्रह गरेकाछन् । केन्द्रीय मत्स्य प्रबद्र्धन तथा संरक्षण केन्द्र, बालाजका कार्यालय प्रमुख सरिता गौतमको अध्यक्षता रहेको कार्यक्रम भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र झापाका प्रमुख शितल भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो ।