शनिवार, पौष १२, २०८२
Sancharmanch

दुःखमा साथ दिने जनप्रतिनिधिः वडा अध्यक्ष मनोज खुलालको जनमुखी अभ्यास

Posted by:
शनिवार, पौष १२, २०८२
झापा / शिवसताक्षी नगरपालिका वडा नं. ६ का अध्यक्ष मनोज खुलाल कार्की वडा बासिको दुःखमा सारथि बन्नुभएको छ । युवा वडा अध्यक्ष खुलाल दोश्रो कार्यकालका लागि वडा अध्यक्षको भुमिकामा रहनुभएको छ । आफ्नो वडाका नागरिक स्व. कालु प्रसाद ताजपुरियाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै समवेदना अर्पण गर्नुभएको छ । वि.सं. २०३६ बैशाख १५ गते जन्मनु भएका ताजपुरियाको वि.सं. २०८२ पौष ०२ गते निधन भएको शिवसताक्षी नगरपालिका वडा नं. ६ को कार्यालयले जनाएको छ । वडा कार्यालयले रु पाँचहजार सहयोग रकम, समवेदना र मृत्युदर्ता प्रमाणपत्र सहित स्वर्गिय ताजपुरियाको घरमै पुगेर श्रद्धान्जली कार्यक्रमको आयोजना गरेको हो । हेर्दा र सुन्दा सानो देखिए पनि निर्वाचित जन प्रतिनिधी बाट आम नागरिकको दुःखमा पुग्ने कार्यक्रम एउटा परिवारका लागि महत्वपूर्ण हुने देखिन्छ । शिवसताक्षी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष मनोज खुलालको सोच विकास र समृद्धिको भिजन जनमुखी रहेको देखिन्छ । शिवसताक्षी नगरपालिका वडा नं. ६ वडा कार्यालयको तर्फ वाट स्व. ताजपुरियाको योगदानको उच्च कदर गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । कार्यक्रममा वडा अध्यक्ष मनोज खुलाल, वडा सदस्य गोमा रिजाल लगायत जनप्रतिनिधि र स्थानिवासीहरुको सहभागिता रहेको थियो । २०७४ साल वाट सुरु गरिएको नागरिकको मृत्यु भए समवेदना, सहयोग रकम र २०८१ साल वाट सुरु भएको मृत्यु दर्ता प्रमाणपत्र लिएर जनप्रतिनिधी नागरिकको घरमै पुग्ने यो लोकप्रिय कार्यक्रम नेपालमै पहिलो सुरुवात भएको देखिन्छ ।
सम्बन्धित खबर