पुष्पलता अर्याल,
झापा/ निर्जीवन बीमा वितरणमा भएका कमीकमजोरीहरू सुधार गर्दै आगामी दिनमा बीमा व्यवसायलाई अझ व्यवस्थित बनाउने उद्देश्यले सचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रम नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाइटी कोशी (निप्स), विराटनगरद्वारा आयोजना गरिएको हो ।

बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरू तथा बीमकका कर्मचारीहरूलाई लक्षित गर्दै आयोजना गरिएको कार्यक्रममा बीमाको जोखिम मूल्याङ्कन, बीमा गर्दा ध्यान दिनुपर्ने कुराहरू, दाबी व्यवस्थापनलगायत विविध विषयमा जानकारी गराइएको थियो ।

बिमा क्षेत्र सुदृढ रहदै ब्यवस्थित हुनु पर्नेमा जोड दिदै कार्यक्रमका प्रमुख अतिथि साथै नेपाल बिमा प्रधिकरण कोशीका कार्यालय प्रमुख प्रिति देवले समस्या पहिचाननै समाधानका उपायहरु रहेको बताउनुभयो ।

कार्यक्रममा सहभागीहरूलाई बीमाको आवश्यकता र महत्वबारे पनि थप सचेतना प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ । बैंक र विमा कम्पनी वीच नङ र मासुको सम्बन्ध हुनुपर्नेमा जोड दिदै बैंकिङ प्रकृयामा विमा अपरिहार्य रहेको निप्स कोशीका अध्यक्ष खड्ग बहादुर श्रेष्ठले बताउनुभयो ।

सचेतनामूलक कार्यक्रम सोमबार झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसको सभाहलमा सम्पन्न भएको थियो ।

नारायण गौतमको विमा सम्बन्धि प्रस्तुति रहेको कार्यक्रममा बैंक तथा वित्तीय संस्था र बीमा क्षेत्रका कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा निप्स कोशीका अध्यक्ष खड्ग बहादुर श्रेष्ठको अध्यक्षता साथै नेपाल बिमा प्रधिकरण कोशीका कार्यालय प्रमुख प्रिति देवको प्रमुख आतिथ्यता रहेको थियो ।

सलिको विमा कम्पनी बिर्तामोडका प्रमुख चन्द्र प्रकाश वाँस्कोटाले स्वागत गर्नु भएको कार्यक्रम निप्स कोशीका सचिव प्रकाश पोख्रेलले सञ्चालन गर्नु भएको थियो ।