झापा/ प्रजातान्त्रिक आन्दोलनका सहिद उद्रकान्त राजवंशीको अर्धकदको शालिक शनिबार झापाको बिर्तामोड नगरपालिका–९, साविक गरामनीमा अनावरण गरिएको छ ।

शालिक उद्रकान्त राजवंशी स्मृति प्रतिष्ठानको कार्यालय परिसरमा स्थापना गरिएको हो । सहिद उद्रकान्त राजवंशी स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापा, प्रंतिष्ठानका अध्यक्ष नेपाली कांग्रेस झापाका प्रभावशाली युवा नेता खगेन्द्र मैनाली, जग्गादाता पुल्की राजवंशी र नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले संयुक्त रूपमा शालिक अनावरण गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कोशी प्रदेशका पूर्व मुख्य मन्त्री उद्धव थापाले प्रतिष्ठान स्थापनाका लागि खगेन्द्र मैनाली लगायतको ब्यक्तिगत लगानी रहेको बताउँदै नेपाली कांग्रेस झापाले इतिहाँसमा सुनौलो अक्षरले नाम लेखेको बताउनुभयो ।

उद्रकान्त राजवंशी समाज रुपान्तरणलागी समाज सेवाका गतिविधिमा संलग्न भएकै कारण नेकपा एमालेका कार्यकर्ता द्वारा हत्या गरिएको बताइएको छ ।

राजवंशीले आफ्नो जीवन उत्सर्ग गरेर नेपाली कांग्रेस र प्रजातान्त्रिक मूल्य र मान्यतालाई जिवन्त राखेको भन्दै थुप्रै नेता कार्यकर्ताले सिंगो राजवंशी परिवारको योगदान कांग्रेस आन्दोलनका लागि एउटा गर्विलो इतिहाँस रहेको बताएकाछन् । कार्यक्रमका सभापति साथै प्रतिष्ठानका अध्यक्ष खगेन्द्र मैनालीले सहिद उद्रकान्तको जीवनी, स्मृति प्रतिष्ठान स्थापना हुनुको उद्देश्य साथै प्रगति प्रतिवेदन प्रस्तुत गर्दै भारतमा नक्सलबाडि आन्दोलन चलिरहेको मौका छोपेर उद्रकान्त राजवंशीको हत्या भएको बताउनुभयो ।

नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डे, बिर्तामोड नगरसभापति भोजराज सिटौला,सम्मानित व्यक्तित्वका तर्फबाट उत्तम कटुवाल, परिवारका तर्फबाट नातिनी ज्वाइँ चण्डौल राजवंशी, र सहिद परिवारका तर्फबाट नारायणसिंह राजवंशीले सहिद उद्रकान्तको योगदान र बलिदानको स्मरण गर्नुभएको थियो । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै पूर्व राष्ट्रिय सभा सदस्य तथा नेपाली कांग्रेसका योद्धा डिल्ली सिटौलाले इतिहाँसको काल रात्रीको रुपमा उद्रकान्त राजवंशीको हत्यालाई लिएको बताउँदै झापामा कांग्रेस सभापती उद्धव थापाको पालाबाट सहिदको सम्झना गर्न सुरु भएको बताउनुभयो ।

कार्यक्रममा सहिद उद्रकान्त राजवंशीकी पत्नी तथा प्रतिष्ठानकी जग्गादाता पुल्की राजवंशी, छोरीहरू ठूसोवाला राजवंशी र जानकी राजवंशीलाई सम्मान गरिएको थियो । संविधान सभा सदस्य सुधीरकुमार शिवाकोटीले कार्यक्रमलाई सम्बोधन गर्दै आफु इलाम बाट झापा झर्नु भन्दा अगाडिनै धेरै कांग्रेस नेताहरुको हत्या भइसकेको बताउँदै धनी गरिव दुवै वर्गलाई मारिएको बताउनुभयो ।

स्मृति प्रतिष्ठानका लागि जग्गा प्रदान गर्ने स्व। धनलाल राजवंशी, सहिदकी पत्नी पुल्की राजवंशी, छोरा–बुहारी दिनेश–सुशीला राजवंशी, सन्तोष–अनु राजवंशी, काका स्व। किरण–अनिमा राजवंशी, छोरीहरू रिता राजवंशी र कोपिला राजवंशीलाई पनि सम्मान गरिएको थियो । त्यस्तै सहिदका छोरीहरू ठूसोवाला र जानकीसँगै अग्रज व्यक्तित्व नारायण वंगाली र साउनियर राजवंशीलाई सम्मान गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले २००७ साल देखी यता शाहदत प्राप्त शहिदहरुको शालिक निर्माण गर्दै योगदानलाई चिरस्थाई बनाउन पार्टि लागि परेको बताउनुभयो ।

नेपाली कांग्रेस बिर्तामोड–९ बाट वंगाली राजवंशी, साउनिया राजवंशी, सर्मिला राजवंशी, ध्रुवलाल राजवंशी र अमरबहादुर मादेन, बिर्तामोड–८ बाट भक्ति बराल, उदय कुँवर, शंकर काफ्ले, देवीबहादुर कार्की र होमनाथ अधिकारी, बिर्तामोड–७ बाट कृष्णप्रसाद सिटौला, रत्नकुमार श्रेष्ठ र गणेश चौधरीलाई सम्मान गरिएको थियो । प्रतिष्ठानका सचिव वासु अधिकारीले स्वागत गर्नु भएको कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेश सदस्य रञ्जिता कार्की, मिरा खड्का, जिल्ला सचिव कृष्ण हुमागाईं, कोषाध्यक्ष जलकुमार गुरुङलगायत नेता–कार्यकर्ता, नागरिक समाज र स्थानीयको उल्लेख्य उपस्थिति रहेको कार्यक्रम झापा क्षेत्र नं. २ प्रदेश ‘क’ का सभापति लक्ष्मीप्रसाद आचार्यले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेस विर्तामोड नगरपालिका वडा नं. ७,८ र ९ को सम्योजनमा भाक्का मेलाको आयोजना गरिएको थियो ।