झापा/ झापाको मेचीनगर नगरपालिका, अन्तर्गत महिला तथा बालबालिका शाखाको आयोजनामा अपाङ्गता रोकथाम तथा पुनःस्थापना सम्बन्धी क्षमता विकास तालिम सम्पन्न भएको छ ।

पौष २ र ३ गते नगरपालिकाको सभाहलमा सञ्चालन गरिएको तालिममा अपाङ्गता भएका व्यक्तिहरूको संस्थामा आबद्ध पदाधिकारीहरूलाई लक्षित गरी क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखिएको छ ।

मेचिनगर नगरपालिकाले घर घरमा शिक्षा, क्षमता विकास लगातका क्षेत्रमा परिणममुखी कार्यक्रम मार्फत अपाङ्गता भएका व्यक्तिहरूलाई सम्बोधन गरेको प्रमुख प्रशासकीय अधिकृत अग्नि प्रसाद अधिकारीले बताउनुभयो ।

अपाङ्गता भएका नागरिकका सवालमा स्थानीय सरकार, संघ–संस्था र समुदायबीच सहकार्य आवश्यक रहेको सन्दर्भमा तालिमको आयोजना गरिएको बताइएको छ ।

नेपालको मुल सम्बीधन र त्यसका आधारमा बनेका कानूनहरुसँग सँगै अपाङ्गता भएका व्यक्तिहरूका लागि पनि कानून बनेको बताउँदै मेचिनगर नगरपालिका प्रशासन योजना तथा अनुगमन शाखा प्रमुख अनन्त प्रकाश वस्तीले नागरिकका हातमा नगद राखिदिने कार्यक्रम सञ्चालन गर्न नसके पनि सामाग्री मार्फत सम्बोधन भएको बताउनुभयो ।

२ दिन सम्म सञ्चालन हुने तालिममा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, संस्थागत सुदृढीकरण, समावेशी नीति तथा स्थानीय तहको भूमिकाबारे चर्चा गरिने प्रशिक्षक राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष नवीन चन्द्र ढुंगेलले बताउनुभयो ।

कार्यक्रमको समापन मन्तव्यसहित औपचारिक कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत अग्नि प्रसाद अधिकारीले गर्नुभएको थियो । यस्ता तालिमहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर र सशक्त बनाउन महत्वपूर्ण भूमिका खेल्ने देखिएको छ । ब्यक्तिगत र संस्थागत क्षमता विकासका सन्दर्भमा तालिम सञ्चालन गरेको करुणा फाउण्डेसन नेपालका नगर संयोजक पदम बराइलीले बताउनुभयो ।

अपाङ्गता भएका नागरिकका सवालमा स्थानीय सरकार, संघ–संस्था र समुदायबीच सहकार्य आवश्यक रहेको सन्दर्भमा तालिमको आयोजना गरिएको बताइएको छ । विगत १ वर्ष देखी करुणा फाउण्डेसनसँगको सहकार्यमा धेरै कामहरु भएको पूर्व क्षितिज अपाङ्ग सेवा संघका अध्यक्ष धर्मराज घिमिरेले बताउनुभयो ।

कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नि प्रसाद अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । त्यस्तै, प्रशासन योजना तथा अनुगमन शाखा प्रमुख अनन्त प्रकाश वस्ती, राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष नवीन चन्द्र ढुंगेल, पूर्व क्षितिज अपाङ्ग सेवा संघका अध्यक्ष धर्मराज घिमिरे लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा करुणा फाउण्डेसन नेपालका नगर संयोजक पदम बराइलीले स्वागत गर्नुभएको तालिम उध्घाटन सत्र महिला तथा बालबालिका शाखा प्रमुख जयन्ती खरेलले गर्नुभएको थियो ।