सोमवार, मंसिर २३, २०८२
Sancharmanch

यात्रा कि जोखिम? ’सुरुङ्गास्थित एशियन हाइवे खण्ड तनावग्रस्त

बिहिवार, मंसिर १९, २०८२
विकाश उप्रेती (डि.आर) झापा / झापाको कनकाई नगरपालिका अन्तर्गत सुरुङ्गा पुल क्षेत्रको निर्माणाधिन एशियन हाइवे खण्ड यतिवेला अत्यन्तै जटिल र जोखिमपूर्ण अवस्थामा पुगेको छ । हाइवे स्तरोन्नति तथा निर्माण कार्यको क्रममा बनाइएको अस्थायी मष्खभचकष्यल ले सहजरूपमा सवारी आवतजावत गर्ने वातावरण सिर्जना गर्न नसक्दा दैनिक यात्रु, विद्यार्थी, व्यवसायी तथा स्थानीय बासिन्दालाई ठूलो सास्ती भएको छ । स्थलगत अवलोकन तथा भिडियो दृश्यअनुसार, अस्थायी लेनमा बनेका गहिरा खाल्डा, असमतल सडक, उड्ने बाक्लो धुलो र कमजोर लेन–व्यवस्थापनका कारण साना सवारीसाधनदेखि सार्वजनिक यातायातसम्म अत्यन्तै कठिनाइका साथ यात्रा गर्न बाध्य छन् । धुलोको कारण दृश्यता घट्ने, सडक नै हेर्न नसक्ने अवस्था बारम्बार देखिन्छ भने खाल्डा–खाल्डाले मोटरसाइकल र स्कुटरमा सवार यात्रुहरू खासगरी उच्च जोखिममा परिरहेका छन् । यसबाहेक, भारतीय मालबाहक ट्रक तथा ठूला सवारीसाधनको लगातारको आवतजावतले स्थिति भझ्झ जटिल बनेको स्थानीयहरू बताउँछन् । दिनको समयमा ठूलो संख्यामा गुड्ने मालवाहक गाडीका कारण जाम बढ्ने, ट्राफिक नियन्त्रण कठिन हुने र साना सवारीसाधनले मार्ग पार गर्न नै नसक्ने अवस्था बिलकुलै सामान्य जस्तै भइसकेको छ । कतिपय यात्रुले जाम र धुलोका कारण आधा घण्टाको दूरी पार गर्न एक घण्टाभन्दा बढी समय लाग्ने गरेको गुनासो गरेका छन् ।  
सम्बन्धित खबर