मेचीनगर, ७ मंसिर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक (असई) दिनेश गुरागाइको निधन भएको छ । उनको आज विहान ५:२५ मा निजी निवासमा मेचीनगर-७ स्थित ईटाभट्टामा निधन भएको हो ।

बारूणयन्त्र इकाईका इन्चार्ज समेत रहेका ५९ वर्षीय गुरागाई गत एक वर्षदेखि पायल्स रोगबाट ग्रसीत रहेका थिए ।
बिग्रीएर शल्यक्रिया समेत गरिएको थियो ।
आन्द्रामा क्यान्सर भएपछि घरैमा थलिएका थिए ।
उनका एक जना श्रीमती र दुई छोरा मध्य कान्छा छोरा नरेश गुरागाइको यसअघि नै निधन भएको थियो ।
उनका श्रीमती तुलसा, जेठा छोरा राजेश, वुहारी निर्मला र नाति निश्चल गुरागाई छन् ।
असई गुरागाई नगरपालिका स्थापना कालदेखिनै नगर प्रहरीमा कार्यरत थिए ।
एक कुशल, इमानदार र राष्ट्र सेवकप्रति वफादार रहेका गुरागाइको नगरपालिका परिवार सिङ्गो स्तब्ध बनेको छ । गुरागाइको निधनमा नगरपालिकाले गुरागाइक शोक विदा दिएको छ ।

अहिले उहाको अन्त्येष्टि धुलाबारी स्थित रामघाटमा गरिदैँछ ।