शनिवार, मंसिर ७, २०८२
Sancharmanch

मेचीनगर नगरपालिकाद्वारा ४६ कृषकलाई कृषि यान्त्रिकीकरण सामग्री वितरण

शुक्रवार, मंसिर ६, २०८२
झापा/ झापाको मेचीागर नगरपालिकाले शुक्रवार ४६ जना कृषककलाई बिभिन्न कृषि यान्त्रिकिकरणका सामग्रीहरु वितरण गरेको छ । नगरपालिका परिसरमा एक कार्यक्रमको आयोजना गरेर ब्यवसायीक पशुपालनमा सहभागि कृषि उद्यमी कृषकहरुलाई सामग्रीहरु वितरण गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नगनर प्रमुख गोपालचन्द्र बुढाथोकीले सामग्रीको उच्चतम सदुपयोग गर्न कृषक उद्यमीहरुलाई आग्रह गर्नुभयो । एक जना कृषकलाई एउटा कम्बाइन मिल, दुई जनालाई काउ म्याट र ४३ जना कृषकलाई च्यापकटर मेसिन वितरण गरिएको छ । मेचीनगर–७ को राई बंगुर फर्मका सञ्चालक रविन राईलाई एक थान कम्बाइन मिल, मेचीनगर–२ का हरिभक्त चापागाईलाई ४ थान र मेचीनगर–४ को उपकार कृषि फर्मका सञ्चालक सन्तोष राईलाई १६ थान काउम्याट प्रदान गरिएको छ । त्यसैगरी मेचीनगर–११ का १० जना, मेचीनगर–१० का २ जना, मेचीनगर–५ र २ का १÷१ जना, मेचीनगर–८ का ९ जना, मेचीनगर–३ का १६ जना र मेचीनगर–१५ का ३ जना कृषकलाई कुल ४३ थान च्यापकटर वितरण गरिएको छ । कृषि प्रधान देश भने पनि हाल सम्म के कस्ता विकासका कार्यक्रमहरु सञ्चालन भए त्यसको प्रभाव र परिणाम सोचे अनुसार नभएको उल्लेख गर्दै मेचिनगर नगरपालिकाले अध्ययन गरेर लागत सहभागिता मार्फत कार्यक्रममा नागरिकको अपनत्व हुने गरी कार्यक्रम सञ्चालन भएको नगर उप प्रमुख मिना पोख्रेल (उप्रेती)ले बताउनुभयो । कार्यक्रममा मेचीनगर–३ का कृषक विनोद थापाले नगरपालिकाले कृषि विकासका क्षेत्रमा लगानी बढाउँदै प्रभावकारी कार्यक्रम सञ्चालन गरेको बताउँदै, आगामी दिनमा पनि यसरीनै कृषकमुखी कार्यक्रमलाई प्राथमिकिकरण गर्न अनुरोध गर्नुभयो । कृषकसँगको पचास प्रतिशत लागत साझेदारीमा करिव १४ लाख मुल्य बराबरका सामग्रीहरु वितरण गरिएको छ । कार्यालयको आर्थिक वर्ष २०८१/८२ को स्वीकृत नगरस्तरीय कार्यक्रम अनुसार मागमा आधारित पशुपालन प्रवद्धन कार्यक्रम (५० प्रतिशत अनुदान) अन्तरगत वितरण गरिएका सामग्री प्राप्त गर्ने मेचिनगर ८ कि राधिका ढुंगानाले यस प्रकृतिका कार्यक्रमले कृषकहरुमा उत्साह थपेको बताउनुभयो । पशुपन्छि तथा मत्स्य विकास शाखा प्रमुख बिक्रम गुरुङले कृषि सामग्री वितरण कार्यक्रममा कृषकहरुको सहभागिता र लागत साझेदारीका विषयमा प्रष्ठ पार्नु भएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, वडा नम्बर ७ का वडाध्यक्ष प्रलादमणि ओली, ३ का वडाध्यक्ष हर्कबहादुर वस्नेत, १० नम्बरका वडाध्यक्ष नारायण खनाल, कार्यपालिका सदस्य चित्र धिमाल लगायतको उपस्थिति रहेको कार्यक्रम नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख दिपेन्द्र कार्कीले सहजीकरण गर्नुभएको थियो ।
सम्बन्धित खबर