बिहिवार, मंसिर ५, २०८२
Sancharmanch

नेपाली कांग्रेस नगर कार्यसमिति, शिवसताक्षी झापाको आयोजनामा मंसिर ८ गते निःशुल्क स्वास्थ्य शिविर हुने

बिहिवार, मंसिर ५, २०८२
झापा/ झापाको शिवसताक्षी नगरपालिका वडा नं. ६ मा रहेको जनआदर्श माध्यमिक बिद्यालयको प्राङ्गढमा बृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । नेपाली कांग्रेस नगर कार्यसमिति शिवसताक्षीको आयोजना साथै नोवेल मेडिकल कलेज विराटनगरको प्राविधिक सहयोगमा शिविर सञ्चालन हुन लागेको हो । शिविरमा जेनेरल फिजिसियन विभाग, मुटु हार्डजोनी तथा नशा, नाक कान, घाँटी, छाला रोग, मानसिक रोग, बाल रोग, दन्त रोग, आँखा, जेनेरल सर्जरी, प्रशुती, स्त्री रोग, भिडियो एक्सरे, एसिजि र ल्याव लगायतका सेवाहरु उपलब्ध हुने समाजसेवी तथा सामाजिक ब्यक्तित्व खनिमायाँ श्रेष्ठले बताउनुभयो । स्वास्थ्य सबका लागि, कांग्रेस तपाईको साथमा भन्ने मुल नाराकासाथ एक दिवशीय शिविरले विपन्न नागरिकहरु जो नोबेल मेडिकल कलेज विराटनागर पुगेर सेवा लिन कठिन भइरहेको छ, त्यस्ता नागरिकहरुका लागि शिविर एक बरदानका रुपमा रहने शिवरताक्षी नगरपालिका वडा नं. ६ का अध्यक्ष मनोज खुलाल कार्कीले बताउनुभयो । शिविरले नगरका सम्पूर्ण वडाका नागरिकहरुलाई सेवा प्रभाह गर्ने नगर सभापति असोक बस्नेतले बताउनुभयो ।
सम्बन्धित खबर