इलाम/ गोपाल गौरी दिगो विकास प्रतिष्ठानले न्यानो कपडा वितरण गरेको छ। इलामको रोङ गाउँपालिका वडा नम्बर ४ प्युरमा रहेको चन्द्रकला आधारभूत विद्यालयका विद्यार्थी र वडा नम्बर १ ठुटे नेहितमा रहेको श्री ज्योति आधारभूत विद्यालयमा अध्ययनरत बाल शिक्षा देखि कक्षा ८ सम्मका विद्यार्थीहरूलाई न्यानो कपडा साथै स्टेशनरी वितरण कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रममा प्रमुख अतिथि मनिकुमार स्याङ्वो सुवासले यसरी नै ठूलो मन भएका व्यक्तिहरूबाट सङ्घ संस्था सञ्चालन हुँदै न्यानो कपडा वितरण गर्ने कार्यक्रम सञ्चालन भए कसैले पनि जाडोमा कठ्याङ्ग्रिनु नपर्ने बताउनुभयो।

गोपाल गौरी दिगो विकास प्रतिष्ठान भन्नेवित्तिकै धेरै कुराहरू भनिरहनु नपर्ने बताउँदै एकल महिलाको यो साहस र हिम्मत देख्दा आफू प्रभावित भएको साथै न्यानो कपडा र स्टेसनरीका सामानहरू वितरण कार्यक्रम सञ्चालन गर्दै सामाजिक विकास साथै उद्यम विकासमा प्रतिष्ठानको योगदान अतुलनीय रहेको रोङ गाउँपालिका उपाध्यक्ष विष्णुमाया भुजेलले बताउनुभयो।

गोपाल गौरी दिगो विकास प्रतिष्ठानले न्यानो कपडा वितरण कार्यक्रमसँगै प्रतिष्ठानका केन्द्रीय अध्यक्ष इन्दिरा शर्माको साहसको रोङ गाउँपालिका वडा नं. १ का अध्यक्ष मनोहरी खड्काले खुलेरै प्रशंसा गर्नुभयो।

गोपाल गौरी दिगो विकास प्रतिष्ठानकी केन्द्रिय अध्यक्ष इन्दिरा शर्माको कर्म भुमि यहि ठाउँ रहेको बताउँदै यस क्षेत्रका नागरिकहरुले गरेको सहयोग अतुलनिय रहेको अध्यक्ष शर्माले बताउनुभयो ।

गोपाल गौरी दिगो विकास प्रतिष्ठानले न्यानो कपडा वितरण गरेर विद्यालयका हरेक क्रियाकलापमा सहजता थपिदिएको भन्दै श्री ज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक रोशन चाम्लिङले सुसी ब्यक्त गर्नुभयो।

शान्तिपुर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महानन्द अधिकारीले गत वर्ष पनि देविगञ्ज आधारभूत विद्यालयमा यस संस्थाले सहयोग गरेको बताउँदै गोपाल गौरी दिगो विकास प्रतिष्ठानका अध्यक्ष इन्दिरा शर्मा यस क्षेत्रबाट विस्थापित भएको साथै त्यो समयको संघर्षमा आधारित चलचित्र समेत बनाउन उत्कृष्ट कथावस्तु बन्ने बताउनुभयो।

रोङ गाउँपालिका वडा नं. ४ प्युरेमा रहेको श्री चन्द्रकला आधारभूत विद्यालयका प्रधानाध्यापक भोगेन्द्रनाथ खड्काले आफ्नो विद्यालयलाई पनि न्यानो कपडा वितरण गरेर सहयोग गर्नुभएको बताउनुभयो।

महिला दिदीबहिनीहरूले श्रीमान् तथा छोरा–छोरी गुमाएर जीवन बाँच्नु भनेको एउटा कहानी भएको गोपाल गौरी दिगो विकास प्रतिष्ठानका सल्लाहकार तथा समाजसेवी रोहिता मिश्रले बताउनुभयो।

सामाजिक कार्यमा हात बढाएर गोपाल गौरी दिगो विकास प्रतिष्ठानले गरेको योगदानसँग आफ्नो विद्यालयले पनि सहकार्य गर्न चाहेको शान्तिपुर माध्यमिक विद्यालयका प्रधानाध्यापक महेन्द्र पोख्रेलले बताउनुभयो।

श्री ज्योति आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समिर अधिकारीको अध्यक्षता रहेको कार्यक्रममा रोङ गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्वो सुवासको प्रमुख आतिथ्यता रहेको थियो। विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष विष्णुमाया खवास, गोपाल गौरी दिगो विकास प्रतिष्ठानका केन्द्रीय अध्यक्ष इन्दिरा शर्मा, विद्यालयका प्रधानाध्यापक रोशन चाम्लिङ, चन्द्रकला आधारभूत विद्यालयका प्रधानाध्यापक भोगेन्द्रनाथ खड्का रहनुभएको थियो। त्यसैगरी गोपाल गौरी दिगो विकास प्रतिष्ठानका उपाध्यक्ष खनिमाया श्रेष्ठ, कोषाध्यक्ष अम्बिका भट्ट, सदस्य उमा सिवाकोटी, सल्लाहकार रोहिता मिश्र, बाबुराम भट्ट, झापा सदस्य कमला भेटवाल, स्थानीय बुद्धिजीवी, अभिभावक, विद्यालयका जग्गादाता, अक्षयकोषदाता लगायतको उपस्थिति रहेको कार्यक्रम ज्योति आधारभूत विद्यालयका शिक्षक नन्दलाल शिवाकोटीले सञ्चालन गर्नुभएको थियो।











