सोमवार, कार्तिक २५, २०८२
Sancharmanch

इनरह्वील क्लब अफ विर्तामोड मिडटाउनको आयोजनामा रक्तदान, ४५ प्रिन्ट रगत संकलन

शनिवार, कार्तिक २३, २०८२
झापा/ इनरह्वील क्लब अफ विर्तामोड मिडटाउनको आयोजनामा शनिवार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । झापाको बिर्तामोड नगरपालिका वडा नं. ३ बिर्ताबजारमा रहेको दुर्गा मन्दिर परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । रगत अभावका कारण कसैलेपनि ज्यान गुमाउनु नपरोस भन्ने पवित्र उध्येश्य राखेर रक्तदान कार्यक्रमको आयोजना गरिएको इनरह्वील क्लब अफ विर्तामोड मिडटाउनका अध्यक्ष लुना बस्नेत सिवाकोटीले बताउनुभयो । साथै क्लवले देशमा विपत आइ परेको खण्डमा समेत सामाजिक योगदान पुर्याइरहेको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उप शाखाको प्राविधिक सहयोगमा आयोजना गरिएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रिय सदस्य तथा झापाका सभापती लोकराज ढकालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि ढकालले कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक उत्तरदायित्व वहन गर्दै रक्तदान कार्यक्रम आयोजना गरेकोमा आयोजक संस्थाको प्रशंसा सहित धन्यवाद दिनुभयो । कार्यक्रमकै विच प्रमुख अतिथि लोकराज ढकाललाई मानव सेवा, रक्तदान प्रबद्धन र सामाजिक उत्तरदायित्वका क्षेत्रमा पुर्याएको योगदानको उच्च मुल्याङ्कन गर्दै दोसल्ला ओढाएर सम्मानपत्रद्धारा आयोजक संस्थाले सम्मान समेत गरेको थियो । रक्तदान कार्यक्रम मार्फत ४५ प्रिन्ट रगत संकलन भएको जनाइएको छ । इनरह्वील क्लबकी सचिव कमला पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रमको अध्यक्ष बस्नेतले औचित्यमाथि प्रकाश तथा स्वागत गर्नुभएको थियो । कार्यक्रममा सामाजिक ब्यक्तित्व खिलनाथ शिवाकोटी, बिर्तामोड रेडक्रसका सभापति मनोज अग्रवाल, विरता जेसिज बिर्तामोडका अध्यक्ष युवराज कुंवर, पुर्व अध्यक्ष प्रबिण खड्का, सामाजिक ब्यक्तित्व सजेश शिवाकोटी, जगत शर्मा, बिरेन कोइराला, बिष्णु आर्चाय, सन्तोष राजवंशी, देवी मा.वि ब्यवस्थापन समितिका अध्यक्ष आशिस वन लगायतको आतिथ्यता रहेको थियो । https://youtu.be/Kkqha122NZ0  
सम्बन्धित खबर